‘कर्ममुखी कार्यकर्ताले हो डुब्न लागेको काँग्रेस बचाउने’

0


२३ जेठ । कर्ममुखी कार्यकर्ताले मात्र डुब्न लागेको काग्रेसलाई बचाउन सक्ने नेपाली काग्रेस नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका केन्द्रिय सदस्य प्रमोदहरी गुरागाईले बताउनुभएको छ । उहाँले नेपाल तरुण दल माडी नगर कार्यसमितिले आज  माडीको बसन्तपुरमा एक दिने तरुण भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले एक पटकको निर्वाचनमा प्रत्यक्ष तर्फ कम मत आउदैमा नेपाली काग्रेस तथा तरुण कार्यकता आत्तिन नपर्ने जिकीर गर्नुभयो । प्रशिक्षण कार्यक्रममा उहाले स्वार्थ खोज्ने ठुलो समुह होईने प्रतिवद्धकेहि कार्यकर्ताबाट काग्रेस फैलन सक्ने बताउनुभयो । राजनिती प्रतिको बितृष्णा बढ्नुमा करनी र कथनी फरक भएको बताउदै गुरागाईले आफ्ना कार्यकर्तालाई त्यसतर्फ अगाडी नबढन सर्तक गराउँदै गुरागाईले काग्रेससँग नागरिक र नागरिक सँग काग्रेस जोड्ने अभियान आजै देखि शुरु गर्न आवश्यक भएको र यस्ता प्रशिक्षणले त्यो अभियानलाई सार्थक बनाउने बताउनुभयो  ।
कार्यक्रमका प्रमुख अतिथि रहेका नेपाली काग्रेस चितवनका सचिब उत्तम जोशीले काग्रेसलाई निषेध गरेर अगाडी बढ्न सकिने भ्रममा बामपन्थीहरु रहेको आरोप लगाउनुभयो  । कार्यक्रमका बिशिष्ट अतिथि रहेका नेपाली काग्रेस चितवनका सचिब राजिब न्यौपानेले जनताको अभिमतलाई समेत स्वीकार गर्न नरुचाउने बामपन्थीहरु नेपाली नागरिकलाई झुक्याएर शासन गर्न सफल भएको बताउनुभयो । न्यौपानेले उहाँहरुको झुट एक पछि अर्को गर्दै खुल्दै गएको बताउदै केहि समयमा समाप्त हुने जिकिर गर्नुभयो ।
एक दिने प्रशिक्षण कार्यक्रममा नेपाली काग्रेस निति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका केन्द्रिय सदस्य प्रमोदहरी गुरागाई,नेपाल तरुण दलका पुर्व अध्यक्ष तथा नेपाली काग्रेसका महासमिति सदस्य राजेश्वर खनाल तथा नेपाल ट्रेड युनियन काग्रेस चितवनका उपाध्यक्ष पूर्ण प्रसाद शर्माले प्रशिक्षण दिएका थिए । माडीका ८५ जना अगुवाहरु प्रशिक्षण कार्यक्रममा सहभागी भएका थिए ।
प्रशिक्षण कार्यक्रममा नेपाल बिद्यार्थी संघका जिल्ला अध्यक्ष सूर्य ढकाल, नेपाल तरुण दलका जिल्ला सचिब प्रह्लाद उप्रति, जिल्ला अध्यक्ष राजन ताम्राकार,नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधि छबिलाल भट्टराई, सबिता बराल लगायतले मन्तब्य ब्यक्त गरेका थिए । प्रशिक्षण कार्यक्रमको सभापतित्व नेपाल तरुण दल माडी नगर समितिका अध्यक्ष राजु रानाको अध्यक्षतामा सम्पन्न भएको हो ।  कार्यक्रम गनुअधि बादरमुढे स्मारकमा पुगी शहिदहरुलाई माल्याअपर्ण गरिएको थियो ।

Share.

Leave A Reply