करिब ७ तोला सुनका गरगहना र नगद सहितको झोला फिर्ता, बसका सञ्चालकले देखाए ईमान्दारिता

0

प्रेम क्षेत्री, गैंडाकोट । नारायणगढ कावासोती डण्डा रुटमा चल्ने सिटी बसमा भेटिएको गरगहना फिर्ता गरेर बसका सञ्चालकले ईमान्दारिता देखाएका छन् ।

करिब ७ तोला सुनका गरगहना र नगद ३ हजार ५ सय रुपैयाँ सहितको झोला फिर्ता गरिएको हो ।
गैंडाकोट वडा नम्बर ५ का वडा अध्यक्ष नवराज कंडेलको लागनीमा रहेको सो सिटी बसका सञ्चालक रबि कंडेलले भेट्टाउनुभएको सो झोला फिर्ता गरिएको हो । ना ७ ख १५६७ नम्बरको सिटी बसमा झोला भेटिएको हो । बसका सञ्चालक रवि कंडेलले गहना भेटेपछि सुरक्षित राखेको बताउनुभयो ।
कावासोती थकाली चोकदेखी ईन्द्रचोकसम्म जानेक्रममा शनिबार साँझ ७ बजे कावासोती ८ धौलागिरीचोकमा सृजना तिमिल्सेनाको झोला बसमा छुटेको थियो । विवाहबाट फर्कने क्रममा झोला बसमा छुटेको उहाँले बताउनुभयो । झोला फेला पारेपछि उहाँले खुसी व्यक्त गर्दै गाडी सञ्चालकलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
गैंडाकोट वडा नम्बर ५ का वडा अध्यक्ष नवराज कंडेलको लागनीमा रहेको सो सिटी बसमा भेटिएको झोला फिर्ता गरिएको हो । झोलामा सुनका गहना २ वटा चुरी, एउटा मंगलसुत्र, एउटा छड्के तिलहरी, एउटा औंठी, १ जोर चाँदीको पाउजु र ३ हजार ५ सय पैसा थियो । वडाअध्यक्ष एवं गाडीधनी कंडेलले यो हरेक गाडी सञ्चालकको दायित्व भएको बताउनुभयो ।
ईलाका प्रहरी कार्यालय गैंडाकोटका कार्यबहाक प्रमुख प्रहरी नायब निरिक्षक प्रकाश सिंखडाले वडाअध्यक्ष कंडेल र पत्रकार तथा केही स्थानियको रोहोवरमा सो झोला तिमिल्सेनालाई हस्तान्तरण गर्नुभएको थियो । उहाँले गाडी सञ्चालकले ईमान्दारिता देखाएको भन्दै सवैले त्यो भुमीका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

Share.

Leave A Reply