करणी र हत्या अभियोगमा पक्राउ

0

विराटनगर, २० माघ 

विराटनगर महानगरपालिका बस्ने १० वर्षीया बालिकाको करणी गरी हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरी आज यहाँ सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङमा आज आयोजित पत्रकार सम्मेलनमा विराटनगर–८ बलुवाही बस्ने १० वर्षीया बालिकालाई यही माघ १२ गते राति जबर्जस्ती करणी गरी हत्या गरेको आरोपमा १९ वर्षीय चन्दु महतो र २५ वर्षीय अब्बास अन्सारी९भट्टु०लाई पक्राउ गरेको जनाएको छ ।

आरोपीले लागुऔषध र मदिरा सेवन गरी निज बालिकालाई घरको छेउबाट अपहरण गरी मुखी थुनी करणीपश्चात् हत्या गरेको अपराध स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिनुभयो ।-रासस

Share.

Leave A Reply