ओली सरकारका संयन्त्र असवैधानिक ः काँग्रेस नेता विश्वकर्मा

0

डोलराज रानाभाट, ८ चैत्र । नेपाली काँग्रेसका केन्द्रीय सदस्य मिन विश्वकर्माले वर्तमान ओली सरकारका संयन्त्रहरु असंवैधानिक भएको आरोप लगाउनुभएको छ । केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएदेखिनै असंवैधानिक बाटो प्रयोग गरिएको उहाँको दावी छ ।

त्यस्तै एउटै पार्टीको सभामुख उपसभामुख हुनु, सभामुखमा निर्वाचित भएपछि राष्ट्रपतिमा निर्वाचित नहुदै विद्यादेवी भण्डारीसँग सपथ लिनु लगायतका कारण पेश गर्दै नेता विश्वकर्माले असंवैधानिक ओली सरकारले दुइ तिहाईको दम्भ देखाएको बताउनुभयो । नेपाल प्रेस युनियन नवलपुरले आज गैडाकोटमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता विश्वकर्माले देशमा आर्थिक क्रान्तिको अपेक्षा गरेका जनतालाई निराशा वनाउने काम गरेको अहिलेको सरकारले हत्या हिँसाका घटनालाई नियन्त्रण गर्न नसकेको , बलत्कारका अपराधी पत्ता लगाउन नसकेको , महङगी, भ्रष्टचार नियन्त्रण गर्न नसकेको  भन्दै सरकार असफल भइसकेको बताउनुभयो  ।

यहि सरकारलाई सहिमार्गमा हिँडाउन प्रतिपक्षको भूमिकामा काँग्रेस निरन्तर लाग्ने र लागिरहेको उहाँको दावी थियो । तर पार्टीभित्रको आन्तरिक कारणले सोचेअनुसार प्रभावकारी वन्न नसकेको उहाँको स्वीकारोक्ति थियो ।

वाह्य वातावरण राम्रो भएपनि पार्टीको आन्तरिक संरचना विरामी भएको बताउँदै नेता विश्वकर्माले पछिल्लो सयम वसेको केन्द्रीय समितिले पार्टीलाई थप मजवुद बनाउनेमा विश्वस्त हुन आग्रह गर्नुभयो । नेकपा पार्टी हिँसामा विश्वास गर्ने भएकाले मांसाहारिको संज्ञा दिँदै उहाँले नेपाली काँग्रेस साकाहारी भएको भन्दै लोकतन्त्रमा विश्वास गर्ने हुँनाले संसदमा प्रतिपक्षको महत्वपुर्ण भूमिका निर्वाह गरेको दावी गर्नुभयो । साथै उहाँले पाटीको विद्यानमा विवाद गरेर समय वर्वाद नगर्नपनि नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

नेपाल प्रेस युनियन नवलपुरका उप–सभापति श्रीधर उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै  अर्का केन्द्रीय सदस्य जीवन परियाले  दलित हितका लागि आफू पार्टीमा सक्रिय रहेको र नेपाली काँग्रेसनै दलितको उत्थान र विकासमा अग्र स्थानमा रहेको बताउनुभयो  ।

साथै उहाँले नेपाली काँग्रैसको भातृ विद्यार्थी संस्था नेविसंघको विवाद सुल्झाउने धेरै उपायहरु भएको भन्दै पार्टीभित्र एक मत गरेर छिटो भन्दा छिटो यो विवाद टुँगाउनुपर्नेमा जोड दिँदै पार्टी सुदृढ गराउन भातृसंस्थाहरुलाइ मजवुद बनाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल प्रेस युनियन नवलपुरका जिल्ला सदस्य तिलक सुवेदीले सहजीकरण गर्नुभएको कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति विष्णु लामिछाने, जिल्ला समन्वय समितिका सभापति चेसराम आले, उपसभापति शारदा विश्वकर्मा, नेविसंघका जिल्ला अध्यक्ष राजेश पौडेल,शिक्ष संघकी केन्द्रीय पूर्व उपाध्यक्ष विष्णु पाण्डे, महिला संंघकी कोषाध्यक्ष शान्ति न्यौपाने, नगर सभापति तारापती खरेल लगायतको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply