ऐश्वर्यको सुखद ओपनिङ

0

छठ पर्वको दिनबाट देशव्यापी प्रदर्शनमा उत्रिएको वर्षको प्रतिक्षीत फिल्म ऐश्वर्यले सुखद ओपनिङ गरेको छ । लामो समय अभिनयमार्फत लाखौ प्रशंसक कमाएका रमेश उप्रेतीले निर्माणमा डेब्यू गरेको फिल्मलाई दर्शकले रुचाएका छन् । प्रदर्शनको पहिलो दिन नै फिल्मलाई बिहानी शोमा ८० देखि ९० प्रतिशत अकुपेन्सी मिलेको थियो । यस्तै, काठमाडौँ, पोखरा, नारायणगढ, हेटौडा र पुर्वका स्टेसनमा पनि फिल्म हाउसफुल भएको छ । वितरक कम्पनी डिसिएनले दिएको जानकारी अनुसार, प्रदर्शनको पहिलो दिन फिल्मले देशभरबाट कूल ४८ लाख १६ हजार ६ सय ८२ ग्रस कलेक्सन गरेको छ । संगीतकार अर्जुन पोखरेलको संगीत तथा शब्द रहेको तिमी रोएको पल गीतले पछिल्लो समय फिल्मलाई चर्चामा ल्याएको छ ।

सर्वाधिक रुचाइएको यस गीतमा स्वर सुगम पोखरेल र अन्जु पन्तको रहेको छ । विशेष गरि दर्शकहरुले फिल्मको मेकिङलाई रुचाएका छन् । नायिका केकी अधिकारी, नव(नायिका दीपिका प्रसाई र खलपात्र प्रशान्त ताम्राकारको अभिनयको पनि सर्वत्र तारिफ भएको छ । दीवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा केकी, रमेश, प्रशान्त र दीपिकासंगै बिकाश खतिवडा, अर्जुन श्रेष्ठ , निर्मल शर्मा, केशव भट्टराई , अर्जुन जंग शाही लगायतको अभिनय रहेको छ । from filmy khabar

Share.

Leave A Reply