‘ए’ डिभिजन लिग फुटबलको चौथो चरणको खेलहरु आजबाट सुरु हुँदै

0

कठमाडौँ, १० मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको चौथो चरणको खेलहरु आजबाट सुरु हुँदैछ । चौथो चरण अन्तर्गत पहिलो दिनतीन खेलहरु हुनेछन् । ललितपुरको सातदोबाटोस्थितएन्फाकम्प्लेक्समाहुने पहिलो खेलमाविभागीय टिम त्रिभुवनआर्मी क्लब र सिएमजी संकटाले प्रतिस्पर्धा गर्नेछन् । संकटा ९ अंक सहित दोस्रो स्थानमा रहेको छ भने आर्मी ७अंक सहितलिगको चौथो स्थानमा रहेको यीदुई टोलीबीचको खेल बिहान ११ बजेबाट सुरु हुनेछ । यस्तै, दोस्रो खेलमा न्युरोड टिम एनआरटी र रुस्लानथ्री स्टार क्लबले प्रतिस्पर्धा गर्नेछन् । यी टोलीबीचको खेल दिउँसो २ बजे एन्फाकम्प्लेक्समा नै सुरु हुनेछ । थ्री स्टार ६ अंक सहिततालिकाको पाँचौ स्थानमा छ भने मात्र एक अंकजोडेको एनआरटी अंकतालिकाको पुछारदेखि तेस्रो स्थानमा रहेको छ । यस्तै आजको तेस्रो खेल च्यासलयुथक्लब र नेपालपुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् । हलचोकस्थितएपीएफ मैदानमाहुने यिदुई टोलीबीचको खेल दिउँसो साढे २ बजे सुरु हुनेछ । च्यासल ४ अंक सहित छैटौ स्थानमा छ भने समानअंकभएपनिगोल अन्तरकाआधारमापुलिस सातौ स्थानमा रहेको छ ।

Share.

Leave A Reply