ए डिभिजन लिगको आजको खेलमा संकटा बिजयी

0

गैडाकोट, २३ पौष ।
सहिद स्मारक ए डिभिजन लिग फुटबलको आजको खेलमा संकटा क्लब पराजित भएको छ ।

विभागीय टिम एपीएफ क्लबसँग २–१ गोल अन्तरले पराजित भएको संकटा उपविजेता समेत हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपीएफलाई जिताउन युवराज खड्का र राजन गुरुङले एक एक गोल गर्नुभयो । संकटाका लक्ष्मण रुचालले एक गोल फर्काएपनि खेलको लयमा फर्किन सकेन । खेलमा एपीएफका विश्वास उदास म्यान अफ दि म्याच चुनिनुभयो ।

हारसंगै संकटाले सेलिब्रेसन खेलमा ३ अंक गुमाएको छ । तर, उपविजेता बनेको संकटाले लिगको १३ खेलबाट २८ अंक जोड्न सफल भएको छ । जितसंगै एपीएफ शीर्ष पाँचमा अटाएको छ । एपीएफले २३ अंक जोडेर पाँचौ स्थानमा रहेर लिग सकाएको छ ।

Share.

Leave A Reply