एसपिएम कलेज गैँडाकोट १२ औँ बर्षमा प्रवेश

0

गैँडाकोट १५ पुष 

गैँडाकोट २ मा रहेको एसपिएम कलेजले शुक्रबार आफ्नो १२ औँ वार्षिकोत्सव मनाएको छ । यस क्षेत्रकै पहिलो सामुदायिक कलेजको रुपमा स्थापित एसपिएम कलेज नमुना कलेज बन्ने उद्देश्यका साथ अघि बढेको सन्देश १२ औँ वार्षिकोत्सवमा दिइएको छ ।

वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि नवलपुर १ (१) का प्रदेश सांसद कृष्ण चन्द्र नेपाली पोखरेल र विशिष्ट अतिथि रहनुभएका गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले प्रदेश सरकार र स्थानीय सरकारका तर्फबाट आवश्यक सहयोग उपलब्ध हुने बताउनुभएको छ । नमुना कलेजको ध्येय लिएर अघि बढेको एसपिएमको यात्रामा आफ्नो तर्फबाट सहयोग रहने आश्वासन दिनुभएको छ । कार्यक्रममा एसपिएम कलेजका प्राचार्य गोविन्दराज विनोदीले कलेजको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो भने सहायक प्राचार्य दीपेन्द्र पौडेलले एसपिएम कलेज यस क्षेत्रकै उत्कृष्ट र समुदायको पहिलो रोजाई बन्ने दाबी गर्नुभएको छ ।

चितवन, नवलपरासी, तनहुँ, गल्मी, स्याङ्जाबाट पनि यस कलेजमा अध्ययन गर्न विद्यार्थी आइरहेको पौडेलले बताउनुभयो । कलेजका प्राचार्य गोविन्द राज विनोदीले अब कलेजमा आवसीय समेत बनाउने योजना रहेको र कलेज बसका लागि पहल भइरहेको बताउनुभयो । समारोहका अवसरमा कलेजमा आयोजीत बार्षिक प्रतीयोगीताका विजयीहरुलाई पुरस्कृत गरीएको थियो ।

विभिन्न राष्ट्रिय कलाकारका साथमा विभिन्न साँस्कृतीक कार्यक्रमसहित भएको समारोह एसपिएम कलेजका अध्यक्ष महेन्द्रभक्त अधिकारीको अध्यक्षतामा भएको हो ।
२०६३ सालमा स्थापना भएको यस कलेजमा कक्षा ११, १२ र स्नातक तहतर्फ मानविकि, व्यवस्थापन र शिक्षा संकायमा अध्ययन अध्यापन हुदै आईरहेको छ ।

Share.

Leave A Reply