एसईईको परिक्षा आजबाट सुरु ः गैडाकोटमा परिक्षा केन्द्र अपुग

0

 


तिलक सुवेदी नवलपुर ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आइतबारदेखि शुरु भएको छ । आज बिहान ८ बजेदेखि शुरु भएको परीक्षामा पहिलो दिन अंग्रेजि विषयको परीक्षा दिएका छन् । गैंडाकोट नगरपालिकामा रहेका तिन परिक्षा केन्द्रबाट १ हजार १ सय ९ जनाले परिक्षा दिदैंछन् । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक कार्यलयका अनुसार पहाडी ठाउँमा २ सय बिद्यार्थि बराबर एक परिक्षा केन्द्र र तराईमा ३ सय बिद्यार्थि बराबर एक परिक्षा केन्द्र हुनुपर्ने भएपनि गैंडाकोट नगरपालिकामा नै ४ सय भन्दा बढि बिद्यार्थि एउटै परिक्षा केन्द्रमा रहेका छन् । नगरपालिकामा रहेका ३ परिक्षा केन्द्र मध्ये कालिका मावि परिक्षा केन्द्रबाट ४ सय १९, जनक माविबाट ४ सय २६ र लक्ष्मी मावि अमरापुरी केन्द्रबाट २ सय ६४ परिक्षार्थी गरि १ हजार १ सय ९ जनाले परिक्षा दिदैंछन् ।
शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख कृष्णचन्द्र पोखे्रलले जिल्लामानै परिक्षा केन्द्र अपुग रहेको बताउनुभयो ।

Share.

Leave A Reply