एसईईको नतिजा सार्वजनिक

0

 

गैँडाकोट, अषाढ ८

माध्यामिक शिक्षा परिषद् सानोठिमि भक्तपुरले एसईईको नतिजा सार्वजनिक गरेको छ । कार्यालयले गत चैत पहिलो साता लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक गरेको हो ।

गतवर्षकाे एसईईपरीक्षामा ७७ वटै जिल्लाका एक हजार ९ सय ५६ केन्द्रमा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी भएका थिए। नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ परीक्षार्थी थिए। त्यसमध्ये ९ जनाकाे पूरा विषय र ११ जनाकाे एक विषय रद्ध भएकाे छ ।

प्राप्ताङ्कमा विद्यार्थीलार्इ चित्त नबुझे १५ दिन भित्र ५ सय रूपैयाँ तिरेर पुनर्याेगका लागि अाबेदन दिन सक्ने छन् । यस्तै सी वा त्यसभन्दा तलकाे ग्रेड डी प्लस, डी र र्इ ग्रेड अाउने विद्यार्थीहरूले पुन परीक्षा दिन सक्ने छन् । त्यसकाे केही दिनमा परीक्षा तालिका सार्वजनिक हुने परीक्षा नियन्त्रण कार्यलयले जनाएकाे छ ।

नतिजा कसरी थाहा पाउने ?

एसर्इर्इको नतिजा शिक्षा मन्त्रालयको वेबसाइट moe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको doe.gov.np र परीक्षा नियन्‍त्रक कार्यालय सानोठिमी भक्तपुरको neb.gov.np मा हेर्न सकिन्छ। नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा पनि नतिजा हेर्न सकिन्छ।

Share.

Leave A Reply