एसइई परीक्षामा सफल विद्यार्थीहरुलाई सम्मान

0


असार १६, गैडाकोट । कालिका माध्यमिक बिद्यालय गैँडाकोटले २०७५ सालको एसइइ परिक्षामा सफल हुने बिद्यार्थीलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन गरेको छ । कार्यक्रममा बोल्दै बिद्यालयका प्रधानाध्यापक प्रजानाथ कंडेलले आगामी दिनमा बिद्यालयको शैक्षिक भौतिक तथा हरेक क्षेत्रको बिकास गर्दै जाने बताउनुभयो । कार्यक्रममा बोल्दै यसबर्षको एसइइमा उत्कृष्ट कालिकाका छात्र अमृत ढकालले परिणाम जस्तो सुकै आएपनि मेहनत गर्न भने छोड्न नहुने बताउनुभयो ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद आर्चायले बिद्यालयलाई नमुना बिद्यालय बनाउनका लागी कुनै पनि कसर बाँकी नराख्ने बताउनुभयो । त्यस्तै बिद्यालयका शिक्षक तीर्थराज रिमालले उत्कृष्ट हुने बिद्यार्थीलाई बधाई दिदै आगामी दिनमा पनि यस्तै प्रगति गर्दै जान आवश्यक रहेको बताउनुभयो ।

शिक्षक अभिभावक संघका अध्यक्ष लक्ष्मीप्रसाद चौधरीले बिद्यालयको शैक्षिक गुणस्तरका लागि अभिभावक शिक्षक र विद्यार्थी एक हुन आवश्यक रहेको बताउँदै बिद्यार्थीको सफलताको कामना गर्नुभयो । कार्यक्रममा अभिभावक र एसइइमा सफलता हासिल गरेका १२६ जना बिद्यार्थीको सहभागिता रहेको कार्यक्रमको सहजिकरण बिद्यालयका शिक्षक राजु पुरीले गर्नुभयो थियो ।

होलि भिजनमा पनि कार्यक्रम
होलि भिजन पब्लिक स्कुल भरतपुर–४ ले २०७५ सालको क्भ्भ् परिक्षामा सहभागी बिद्यार्थीहरुलाई आज एक कार्यक्रमका बीच बिद्यालय परिसरमा सम्मान तथा पुरस्कृत गरेको छ ।
कार्यक्रम २०७५ सालको क्भ्भ् परिक्षामा ३.९५ जिपिए ल्याउने बिशाल पोखरेल तथा सुजन गौतमलाई नगद पुरस्कार पनि प्रदान गरिएको थियो । कार्यक्रमा बिद्यार्थीहरुलाई अब के पढ्न, कसरी पढ्दा सफल भईन्छ भन्ने बारेमा बिद्यालयका प्राचार्य मिनराज बस्ताकोटी, शिक्षक अभिभावक संघका सदस्य पूर्णप्रसाद शर्मा तथा शिक्षक पूर्ण बहादुर दवाडीले प्रकाश पारेका थिए । शिक्षक अभिभावक संघ होलिभिजन स्कुलका अध्यक्ष प्रेमकुमार गैरे को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम होलि भिजन पब्लिक स्कुल ब्यावस्थापन समितिका अध्यक्ष बेगनाथ गैरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

चितवनबाट एसईईमा ४ जीपीए ल्याउने ११ विद्यार्थी पनि सम्मानित

वाल्मीकि शिक्षा सदन (प्लस टु) भरतपुरले चितवन जिल्लाबाट एसईई परीक्षा २०७५ मा सर्वोत्कृष्ट नतिजा ४ जीपीए ल्याउने ११ जना विद्यार्थीहरुलाई सम्मान गरेको छ ।आज (सोमबार) एक कार्यक्रमकाबीच विभिन्न विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको हो । सम्मान कार्यक्रममा भने ९ जना विद्यार्थी अभिभावकसहित उपस्थित भए । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका–४ का वडाअध्यक्ष हरिप्रसाद आचार्यले नगद पाँच हजार रुपैयाँ र सम्मान पत्रले सम्मान गर्नुभयो ।

Share.

Leave A Reply