एशिया कप क्वालिफायरः युएईले दियो नेपालसामु २५५ रनको लक्ष्य

0

काठमाडौं, भदौं १४

मलेसियामा जारी एशिया कप छनौट प्रतियोगिताको दोस्रो खेलमा युएईले नेपालसामु २५५ रनको लक्ष्य पेश गरेको छ । युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५४ रन जोड्न सक्यो ।

युएईका लागि ओपनर चिराग सुरीले सर्वाधिक ६५ रनको योगदान दिए । यस्तै अदनान मुफ्तीले नटआउट ५७ रन बनाए भने असफक अहमेदले ४५, रामिज साहजादले ३५ रन बनाए ।
नेपालका लागि युवा लेग स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । १० ओभर बलिङ गरेका सन्दीपले २४ रन मात्रै खर्चिए । यस्तै सोमपाल कामी र बसन्त रेग्मीले समान दुई/दुई विकेट लिए । आजको खेलमा करण केसी महंगा सावित भए । ८ ओभर बलिङ गरेका करणले ६१ रन खर्चिए ।

नेपाल र युएई एक दिवसीय मान्यता प्राप्त देश भएकाले आईसिसिले आजको खेललाई ४०३४ नम्बरको ओडिआई मान्यता दिएको छ । यो नेपालको तेस्रो एक दिवसीय खेल हो । एशिया कप छनौटमा नेपालले हिजो पहिलो खेलमा ओमानसंग ७ विकेटले पराजित भएपछि आजको खेल जित्नै पर्ने दवाबमा छ ।

Share.

Leave A Reply