एफ.एम.को प्रश्नपछि गैडाकोट ५ का वाटोहरुको स्तरउन्नती हुने/दुई महिनाभित्र काम सक्ने अध्यक्ष कडेँलको प्रतिवद्धता

0

डोलराज रानाभाट, ४ बैशाख । गैडाकोट वडानम्वर ५ स्थित सरस्वती विद्यालयदेखि काँग्रेसचोक, गणेशमन्दीर,कालिका विद्यालय तर्फको बाटो चाँडै मर्मत हुने भएको छ ।

नारायणगढ जाने महत्वपुर्ण वाटो विग्रिएको महिनौँ हुदापनि स्तरउन्नतीमा जनप्रतिनिधीको ध्यान नजाँदा स्थानीयले सास्ती खेप्नुपरेको छ । पक्की सडक भएपनि खाल्डाखुल्डी परेको लामो समय हुँदासम्म  पनि स्तरउन्नती त परको कुरा ती खाल्डाखुल्डी पुर्नसम्म पनि कसैको ध्यान गएको छैन ।

अहिले चौतर्फि दबाब आएपछि वडा अध्यक्ष नवराज कडेँलले अवको ढेड महिनाभित्र उक्त बाटोको स्तर उन्नती गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । तीन वटा उपभोक्ता समिति गठन गर्न लगाएको र समिति मार्फत झण्डै ३ देखि साँढे ३ किलोमिटर वाटोको स्तरउन्नती हुने कडेँलको भनाइ छ ।

सरस्वती विद्यालयदेखि काँग्रेसचोक, गणशेमन्दीरबाट कालिका चोकहुँदै खेलकुद ग्राउण्ड काँग्रेसचोक र कालिका चोकहुँदै गैडा चोक को वडानम्वर ६ र ८ सिमानाहुँदै पुन कालिकाचोक सम्मको वाटो स्तर उन्नती हुने उहाँको भनाई छ ।

वडा अध्यक्ष नवराज कडेँलकै घर अगाडीको बाटोपनि भएकाले यसको मर्मत पहिलेनै गरेको भए धेरै आलोचना भइने डरले वाटो स्तरउन्नतीको कार्यमा ढिलाई भएको उहाँको भनाई छ । यो वाटो वाहेक वडानम्वर ५ को एकता टोलमा १३ सय मिटर वाटो भने पिच भइसकेको, त्यससँगै ७०० मिटर वाटो अर्कोतर्पपनि पिच भइसकेको उहाँको भनाई छ ।

अव चाँडैनै नारायणी किनारदेखि कुशुम नगर छिचोल्ने बाटो निर्माणको सम्झौता पनि हुन लगोको अध्यक्ष कडेँलले जानकारी दिनुभयो । जुनदिन पिच हुन्छ त्यहि दिन सवारी संचालन गर्न मिल्ने गरि स्टाण्डर्ड लेभलमा वाटो पिच गर्ने उहाँले बताउनुभयो । आफ्नो वडालाई हेरेर अन्य वडालाई पाठ सिक्ने मिल्ने गरि आफुले वाटो पिच गर्ने उहाँको दाबी छ ।

Share.

Leave A Reply