एक सर्को मायाको गैडाकोटमा गृह बिमोचन

0

 


गैडाकोट  । गैडाकोट नगरपालीकाका लेखक जि एस पौडेलको उपन्यास एक सर्को मायाको आज गैडाकोटमा गृह बिमोचन गरिएको छ । सो कार्यक्रम सुनगाभा बुक हाउसको आयोजनामा गरिएको हो ।

गैडाकोट नगरपालीकाका नगर प्रमुख छत्रराज पौडेलले उपन्यास एक सर्को मायाको गृह बिमोचन गर्नुभएको हो । प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख पौडेल राष्ट्र र अन्र्तराष्ट्रिय स्तरमै साहित्यले चिनाउन सकिने बताउनुभयो । उहाले उपन्यास एक सर्को माया र जि एस पौडेल नगरपालिका कै सम्पत्तिको रूपमा रहेको उल्लेख गर्नुभयो ।नगर प्रमुख पौडेलले साहित्यको उत्थान र सम्र्बद्दनका लागि सहयोग रहने बताउनुभयो । साथै उहाले समाजको प्रष्ट दर्पण साहित्य जस्तै राजनितिलई पनि पारदर्शी तवरले अगाडी लैजान पर्ने औल्याउनुभएको छ ।

पुस्तकको समिक्षा साहित्यकार धनराज गिरिले गर्नुभएको हो । उहाले पुस्तकको समिक्षा गर्दे हरेक क्याम्पस र बिद्यालयमा पुस्तक हुनुपर्ने बताउनुभयो । समाजमा रहेको जातिय बिभेद संगै अन्य बिकृति बिरुद्द पनि पुस्तकले आवाज उठाउनु राम्रो पक्ष रहेको उल्लेख गर्नुभयो । साथै उहाले सुरुमा निबन्ध जस्तो लागे पनि पढदै जादा रोचक रहेको र माया प्रेम संगै कुलतमा फसेपछी मान्छे कहाँ बाट कहा पुग्छ भन्ने कुरा पुस्तकमा देखाउन खोजिएको बताउनुभयो ।


आफैसग प्रभावित हुनु नैपुस्तक लेख्नु भएको साहित्यकार ईश्वर कंडेलको बुझाई छ ।पुस्तकलाई इतिहास सग दजेर हेरिनु पर्ने भएपनि नेपालमा पुस्तक लेखनको इतिहास बलियो नभएको उहाको भनाइ छ । फरक धारको पुस्तक बजारमा ल्याएको उपन्यास एक सर्को माया पुस्तकका लेखक जि एस पौडेलको दाबी रहेको छ । उहाले कुलत फसेको व्यक्ति मुख्य पात्र र मायाको परिबन्धनमा परेको बिषयलाई पुस्तकमा समेटिएको बताउनुभयो ।
साथै सोही कर्यक्रममा गैडकोटका गायक निर्दोश जीवनको पहिलो गजल एल्बम फस््र्ट लभ बिमोचन गरिएको छ । जसमा  सात वटा गजल गित समावेश रहेको छ । कार्यक्रम सुनगाभा बुक हउस नारायणगढक प्रोपाईटर लेखराम सापकोटाको अध्यक्षतामा भएको हो।

 फोटो संयोग रेग्मी विजय एफ एम

 

Share.

Leave A Reply