एक महिना अघि गोरखामा दशैँ मनाइयो

0

गोरखा । दशैँ आउनु एक महिना अघि नै गोरखामा दशैँ मनाइएको छ । पर्व सुधार गर्ने अभियानमा जुटेका गोरखाको सिरानचोक गाउँपालिका–४, ५ छोप्राक र ६ गाँखुका स्थानीय बासिन्दाले बहीबार टीका, जमरा लगाएर विजयादशमी मनाएका छन् । विद्यालय तथा गाउँमा सामूहिक रुपमा टीका, जमरा लगाएर विजयादशमी मनाइएको हो । यहाँका खासगरी व्राम्हण, नेवार तथा अन्य जातिहरुले पनि २०६९ सालदेखि नियमित बर्से्नि दशैं आउनुभन्दा करिब एक महिना पहिला नै दशैंको टीका लगाउँदै आएका छन् । विभिन्न कारणले तिथिहरु एक महिनाअघि सरेको भन्दै पर्व सुधार गर्न भनी यहाँ अभियान चल्दै आएको छ । छोप्राकको सर्वोदय निमावि, जनज्योति निमावि, धर्मावती मावि, मण्डली मावि, भद्रशीला प्रावि, चित्रेपोखरी मावि, गाँखुको नाम्रुकदेवी निमावि, सदरमुकामको बालमन्दिर माविका विद्यार्थी, शिक्षक र अभिभावक सामूहिक रुपमा टीका, जमरा लगाएर हर्षोल्लासका साथ विजयादशमी मनाइएको सर्वोदय निमाविका प्रधानाध्यापक कालिकाप्रसाद पोखरेलले जानकारी दिए । उनीहरुले भदौ ६ गते घटस्थापना भन्दै सामूहिक रुपमा जमरा राखेका थिए । 2074-05-16

Share.

Leave A Reply