एकदेव आलेको स्मृतिमा भवन

0

दमौली, ९ माघ 

कम्युनिष्ट किसान नेता एकदेव आलेको स्मृतिमा दमौलीमा भवन निर्माण गरिएको छ । एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठान तनहुँले आलेको स्मृतिमा रु ७३ लाखमा भवन बनाएको हो ।

प्रतिष्ठानका अध्यक्ष श्रीराम कार्कीले तत्कालीन जिल्ला विकास समितिले व्यास नगरपालिका–३ मा उपलब्ध गराएको आठा आना क्षेत्रफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक सहयोगमा दुई वर्षमा भवन निर्माण गरिएको बताउनुभयो ।

पर्यटन मन्त्रालयले भवन बनाउन रु ८५ लाख र व्यास नगरपालिकाले रु तीन लाख सहयोग गरेको थियो । भवनमा पुस्तकालयसमेत स्थापना गरिएको छ । पुस्तकालयमा रु १५ लाखको लागतमा साहित्यिक, धार्मिक, शैक्षिक र राजनीतिसम्बन्धी पुस्तकालय राखिएको प्रतिष्ठानका कोषाध्यक्ष रामचन्द्र सापकोटाले जानकारी दिनुभयो ।

आलेले वर्गीय मुक्ति, समाज परिवर्तनका लागि खेलेको भूमिकालाई जीवन्तता दिने उद्देश्यले विसं २०६४ मा गठन गरिएको प्रतिष्ठानले आलेकोे सङ्घर्ष, आन्दोलन र इतिहासका घटनाक्रमलाई समेटिएको पुस्तक प्रकाशन गरेको छ ।-रासस

Share.

Leave A Reply