एकदिवसीय क्रिकेटको मान्यता पाएको नेपालको पहिलो जित

0


काठमाडाँै, १९ श्रावण । अन्तर्राष्ट्रिय क्रिकेटमा एकदिवसीय मान्यता पाएको नेपालले पहिलो जित हात पारेको छ । हिजो भएको दोस्रो खेलमा नेदरल्याण्ड्सलाई एक रनले हराउँदै नेपालले ऐनिहासिक जित हात पारेको हो । नेपालले दिएको २ सय १६ रनको लक्ष्य पछ्याएको घरेलु टोली नेदरल्यान्डसले सबै विकेट गुमाएर २ सय १५ रन मात्र बनाउन सक्यो । यसअघि बुधबार भएको डेब्यु खेलमा नेपाल नेदरल्याण्डसंग ५५ रनले पराजित भएको थियो । योसंगै नेपालले नेदरल्याण्डविरुद्धको दुई खेलको एकदिवसीय सिरिज १ – १ को बराबरी गरेको छ । दोस्रो खेलको जितसंगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो जित हात पारेको छ ।

Share.

Leave A Reply