उम्मेदवार छान्न कांग्रेसको बैठक बस्दै

0

 

काठमाडाँै, ३१ जेष्ठ । स्थानीय तहमा उम्मेदवार चयन गर्न नेपाली कंग्रेसले आन्तरिक छलफल जारी राखेको छ । २ नम्बर प्रदेशको उम्मेदवार टुङ्गो लगाउन भन्दै आज पनि बैठक बोलाइएको छ । ललितपुरको सानेपामा रहेको पार्टी केन्द्रीय कार्यालयमा अहिले केहिवेरमा बस्दैछ । बैठकले २ नम्बर प्रदेशको उम्मेदवारबारे छलफल गर्ने नेताहरुले बताएका छन् । यसअघि हिजो बसेको बैठकले प्रदेश नम्बर १ अन्तर्गतको मोरङ बाहेक अन्य सबै स्थानको उम्मेदवार टुङ्गो लगाएको थियो । २ नम्बर प्रदेश अन्तर्गतको पर्साका स्थानिय निकायका उम्मेदवारबारे हिजो केही छलफल भएकाले आज टुङ्गो लाग्ने सम्भावना रहेको कंग्रेसले जनाएको छ ।

Share.

Leave A Reply