उमेर अनुसार यौन व्यवहार

0

एजेन्सी । सुखमय दाम्पत्य जीवनका लागि आनन्ददायक यौन क्रिया अत्यावश्यक हुन्छ । तर, हरेक उमेरमा यौन चासो, यौन रुची र यौन व्यवहार उस्तै हुँदैन । एउटा निश्चित उमेर अवधीमा यसमा पनि परिवर्तन हुँदै जान्छ ।
किशोरावस्थामा
 किशोरावस्थामा सेक्स हर्मोनको स्तर एकदमै तिब्र गतिमा बढ्छ, जसले यौन सम्बन्धी उत्सुकता जगाउँछ । त्यसैले यौन सम्बन्धी प्रयोग पनि यस उमेरमा बढी हुने गर्छ ।
 सेक्सका लागि सबैभन्दा बढी फेन्टासी, ड्रिमिङ पनि यहि उमेरमा हुने गर्छ ।
 किशोरीको यौन इच्छा धेरैजसो रोमान्स, फोरप्ले वा पार्टनको भावनात्मक लगावमा निर्भर गर्छ ।
 त्यस्तै किशोरहरु फिल्म, पुस्तक, कुराकानीको माध्यामबाट यौनको जानकारी प्राप्त गर्छन् । उनीहरुको जीवनमा सेक्स भावनात्मक भन्दा शारीरिक रुपमा प्रकट हुने गर्छ ।
 किशोरीले पनि फिल्म, पत्रपत्रिकाबाट सेक्स सम्बन्धी आनो धारणा बनाउने गर्छन् ।

२० देखि ३५ को उमेरमा
 यस उमेरमा सेक्सुअल सन्तुष्टिका लागि मनमा धेरै उत्साह एवं उत्तेजना हुन्छ ।
 एकअर्कासँग छुन, चल्न, अंगालोमा बाँध्न र यौन सम्पर्क गर्न बढी रुची हुन्छ ।
 यस उमेरमा युवती आनो इच्छा खुलस्त बताउँदैनन्, दबाएर राख्छन् ।
 उनीहरु आनो पार्टनर नै अग्रसर भएको रुचाउँछन् ।
 कतिपय अवस्थामा युवतीमा तीब्र यौन इच्छा हुन्छ, तर उनीहरु व्यक्त गर्न सक्दैनन् ।

३५ देखि ५० को उमेरसम्म
 यो उमेरमा यौन प्रतिको झुकाव क्रमस कम हुँदै जान्छ ।
 तर, उनीहरुको इच्छामा भने कमी हुने होइन । तर, उनीहरुको यौन जीवन शारीरिकबाट माथि उठेर भावनात्मक मोडमा पुग्छ ।
 महिलामा हर्मोनल परिवर्तन सबैभन्दा बढी यस उमेरमा हुने गर्छ । उनीहरुको मुड बदलिन सक्छ । स्वास्थ्य समस्याले यौन जीवन प्रभावित पार्न सक्छ ।
 एक सर्बेक्षणले के पनि बताएको छ भने, ३५ को उमेरपछि महिलाहरु यौनक्रियामा बढी सन्तुष्ट महसुष गर्छन् ।

Share.

Leave A Reply