उपराष्ट्रपति कप महिला लिगको उपाधिका लागि आज आर्मी र एपीएफ भिड्दै

0

काठमाडाँै, १५ श्रावण । उपराष्ट्रपति कप राष्ट्रिय महिला लिगको उपाधिका लागि आज विभागीय टोली त्रिभुवन आर्मी र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने आजको खेलमा दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रने छन् । लिगको अघिल्ला खेलमा दुवै टोली अपराजित रहेका थिए । दुवै टोलीले समान ९÷९ अंक जोडेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी महिला साफ च्याम्पियनसिपको तयारी र खेलाडी छनोटका लागि लिग सञ्चालन गरेको हो । लिगका विजेता टोलीले दुई लाख र उपविजेताले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् भने तेस्रो टोलीले ५० हजार पाउने छन् ।

Share.

Leave A Reply