उपमेयर कंडेल वडा नं १८ को अनुगमनमा

0

गैँडाकोट ७ मंसिर ।


गैँडाकोट नगरपालीकाकी उपमेयर बिष्णु कंडेल सापकोटाले बुधबार वडा नं १८ मा भएका विकास निमार्णका कामको अनुगमन गर्नुभएको छ । नगरपालिकाबाट विनियोजीत बजेटको कार्यान्वयन र कार्यप्रगतीबारे अनुगमन गर्न नगरस्तरीय अनुगमन टोलीको संयोजक सापकोटा सहित सदस्यहरु भिमबहादुर कुमाल, सुकबहादुर दराई, नगरपालिकाका ईन्जीनियर राजु अर्याल, कार्यपालीका सदस्य रेखा पौडेल लगायतको टोलीले गरेको अनुगमनमा वडा नं १८ बाटोको ट्रयाक खोल्ने काम, बाटो मर्मत लगायतको काम राम्रो संग भैरहेको उपमेयर कंडेलले विजय एफएमलाई टेलीफोन गरेर जानकारी दिनुभयो ।

वडामा सञ्चालीत काम बारे वडाध्यक्ष तिलबहादुर चितौरेले जानकारी गराउनुभएको थियो । वडा नं १८ को आले दमार बसेनी हुँदै हात्तीसालमा अनुगमन भएको हो । उपमेयर कंडेलले मंगलदेवी प्राथमीक बिद्यालय र देउराली प्राथमीक बिद्यालयको अनुगमन गर्नुभएको छ । अनुगमनमा बिद्यालयमा खानेपानी र शौचालयको समस्या देखीएकाले नगरपालीकाले सहयोग गर्ने बताउनुभएको छ ।

Share.

Leave A Reply