उपचारका लागि रु एकलाख ४६ हजार

0

काठमाडौँ, ११ माघ 

विद्युत् ‘सर्ट’ भएर दुई हात र एक खुट्टा गुमाएका कृष्ण ओलीको उपचारका लागि रु एकलाख ४६ हजार सहयोग गरिएको छ ।

नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य सुशील भट्टको सक्रियतामा कतारको नेसर बिन खालिद सन एण्ड ट्रेडिङ कम्पनीमा कार्यरत मदन पौडेलले कतारमा कार्यरत नेपालीबाट सङ्कलन गरेर पठाएको रकम आज हस्तान्तरण गरिएको हो ।

उक्त रकम पीडित ओलीलाई नेपाली काङ्ग्रेसका नेता प्रदीप पौडेलले ओलीलाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा नेता पौडेलले ओलीलाई गरिएको सहयोगले युवाहरुमा जनहितमा काम गर्ने भावना विकास भएको बताउनुभयो ।

“हाम्रो पुस्तामा सहयोगी भावनाको विकास भएको छ”, उहाँले भन्नुभयो । ओलीको उपचारका लागि रु एक करोडभन्दा बढी रकम लाग्ने भएकाले सबैलाई सहयोग गर्न आग्रह गरिएको छ ।-रासस

Share.

Leave A Reply