उद्योग वाणिज्य संघ बर्दघाट सुस्ता पूर्वको घोषणा

0


विजय एफएम १०१.६
गैँडाकोट, २७ माघ । गैँडाकोट उद्योग वाणिज्य संघ आइतबार देखि उद्योग वाणिज्य संघ बर्दघाट सुस्ता पूर्व भएको छ । नवलपरासी बर्दघाट सुस्ता पूर्वका सम्पूर्ण व्यवसायिहरुको छाता संघठनको रुपमा नेपालकै सबैभन्दा कान्छो उद्योग वाणिज्य जिल्ला संघ भएको हो । उद्योग वाणिज्य संघकी केन्द्रीय अध्यक्ष भवानी राणाले घोषणा पत्र पढ्दै जिल्ला संघको रुपमा स्तरोन्नती भएको घोषणा गर्नुभएको छ ।
केन्द्रीय अध्यक्ष भवानी राणाले नवलपुरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने बताउनुभएको छ । यस क्षेत्रमा गैँडाकोटको मौलाकालिका मन्दिर देखि त्रिवेणीको गजेन्द्र मोक्ष धामसम्म विभिन्न ऐतिहासिक धार्मिक पर्यटकीय क्षेत्र रहेकाले यसमा जोड दिन आग्रह गर्नुभएको छ । यस क्षेत्रमा कृषि र पर्यटनको ठूलो सम्भावना रहेको हुँदा कान्छो उद्योग वाणिज्य संघले यस तर्फ केन्द्रीत भएर आफ्ना काम अघि बढाउन सुझाब व्यक्त गर्नुभएको छ ।
यसैगरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष चन्डीराज ढकालले उद्योग वाणिज्य संघ गैँडाकोट जिल्ला वािणज्य संघ घोषणा भएसंगै यस क्षत्रका अन्य उद्योग वाणिज्य संघहरुले मापदण्ड पुरा गरे तीनीहरुलाई नगरस्तरीय उद्योग वाणिज्य संघको दर्ता पक्रियमा अघि बढाउन सकिने बताउनुभएको छ ।

 

उद्योग वाणिज्य संघ बर्दघाट सुस्ता पूर्वको घोषणा

 
यसैबीच उद्योग वाणिज्य संघका केन्द्रीय उपाध्यक्ष किशोर प्रधानले उत्पादनमूलक क्षेत्रमा उद्योगी व्यवसायिहरुलाई प्रोत्साहन पुग्ने कार्यक्रम गर्न सुझाब दिदै शुभकामना दिनुभयो । घोषणा सभा तथा चौँथो वार्षिक साधारण सभामा बोल्दै प्रदेश सभा सदस्य विष्णु लामिछाने, ओमकला गौतम, पूर्व सांसद महेन्द्रध्वज जिशि, नवलपुरका प्रमुख जिल्ला अधिकारी दीपक नेपाल, उवासंघका केन्द्रीय सदस्य कल्याण जोशी, देवचुली नगरप्रमुख पूर्णकुमार श्रेष्ठ, मध्यविन्दु नगरप्रमुख चन्द्रबहादुर राना, समाजसेवी कृष्ण घिमिरे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
उद्योग वाणिज्य संघ गँैडाकोटका अध्यक्ष अमृत भट्चनले नयाँ घोषणा भएको जिल्ला वाणिज्य संघले कृषि, पशुपालन, पर्यटकीय क्षेत्र, उद्योग व्यवसायका सबै आयामहरुमा ठोस परिवर्तन देखिने गरी काम गर्ने बताउनुभएको छ ।

 

विजय एफएम १०१.६
चौँथो साधारण सभामा उवासंघको १७ लाख २८ हजारको आय र १६ लाख ५६ हजारको व्यय प्रस्तुत गरिएको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ र्गँैडाकोटका बरिष्ठ उपाध्यक्ष दीपक सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण संघका महासचिव छविलाल कंडेलले गर्नुभएको थियो । कार्यक्रममा उत्कृष्ट उद्योगी व्यवसायिहरुलाई सम्मान गरिएको थियो ।


यसैबीच उद्योग वाणिज्य संघ गैँडाकोटले जिल्ला उद्योग बाणिज्य संघको बहुउद्देश्यीय भवनको समेत शिलन्यास गरेको छ । महासंघ केन्द्रीय अध्यक्ष भवानी राणाले आजै गैँडाकोट ४ ( खेलमैदान नजिक) नयाँ भवनको शिलन्यास गरिएको छ । घोषणा सभामा बोल्दै अध्यक्ष राणाले भवन निर्माणका लागि १ लाख १ रुपैँया सहयोग गर्ने घोषणा गर्नुभएको छ । साथै अध्यक्ष राणाले उवासंघको तर्फबाट पनि सक्दो सहयोग हुने बताउनुभयो ।

 

Share.

Leave A Reply