उद्योग वाणिज्य संघ गैँडाकोटको बहुउद्देश्सीय भवनको आज शिलान्यास हुँदै

0


गैंडाकोट ।  उद्योग वाणिज्य संघ–गैंडाकोट जिल्ला उद्योग वाणिज्य संघमा स्तरउन्नति हुने भएको छ । उद्योग वाणिज्य संघ–गैंडाकोट नवलपरासी (वर्दघाट सुस्तापूर्व) ले अब देखि सम्पुर्ण जिल्लाकै भुमिका निर्वाह गर्ने गरी संघको स्तरउन्नति गर्न लागेको उद्योग वाणिज्य संघ–गैंडाकोट अध्यक्ष अमृत भट्टचनले विजय एफ एमलाई जानकरी दिनुभयो । अब जिल्लामा रहेका  सम्पुर्ण ब्यवसायीको छाता संगठनका रुपमा काम गर्नै जिम्मेवारी पाएकाले सबैको साथ र सहयोगको अपेक्ष रहेको अध्यक्ष भट्टचनले बताउनुभयो । आइतबार नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष भवनी राणाले उद्योग वाणिज्य संघ–गैंडाकोटलाई जिल्ला उद्योग वाणिज्य संघ घोषणा र उद्योग वाणिज्य ंसंघको बहुउदेश्सीय भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । आइतबार उद्योग वाणिज्य संघ गैँडाकोटको चौँथो साधारण सभा समेत रहेको छ । नारायणी प्यालेस गँैडाकोट २ मा अहिले कार्यक्रम जारी रहेको छ ।

Share.

Leave A Reply