उद्योगी व्यवासायिद्धारा सरकारलाई सुझाब : युवा भन्दा वस्तु निर्यात गर सरकार

0


गैँडाकोट । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहन प्रधानले विजय एफ एमको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै चितवनको उद्योग क्षेत्रको समृद्धि र विकासका लागि कामना गर्नुभएको छ । यसैगरी उद्योग संघ चितवनका अध्यक्ष भेषराज दुवाडीले चितवन तथा नवलपुरको विकासका लागि बाह्य देशमा युवा निर्यात रोक्नुपर्ने र बस्तु निर्यातमा जोड दिनुपर्ने बताउनुभयो । राज्यको नीति पनि युवालाई भन्दा पनि बस्तुलाई निर्यात गर्ने कार्यक्रममा जोड दिनुपर्ने उहाँको भनाइ थियो । उहाँले स्थानीय श्रोत साधनको प्रयोगबाट समृद्धिको बाटोकालागि अघि बढ्ने प्रेरणा र उत्साह दुर्गाभवानीबाट प्राप्त होस् भनि शुभकामना व्यक्त गर्नुभएको छ ।

Share.

Leave A Reply