उद्योगी व्यवसायीलाई मूलुकी देवानी संहिता ऐन सम्बन्धी प्रशिक्षण

0

गैंडाकोट । पुर्वी नवलपरासीको गैंडाकोटमा रहेका उद्योगी व्यवसायीलाई मूलुकी देवानी संहिता ऐन २०७४ सम्बन्धी प्रशिक्षण दिईएको छ ।
गैंडाकोट जेसिसको आयोजना एवं विकू बचत तथा ऋण सहकारी संस्थाको सहयोगमा सहमती नेपालमा भएको कार्यक्रममा नगर क्षेत्रका ६५ जनाको उपस्थिती रहेको थियो । कार्यक्रममा अधिवक्ता रमेश काफ्लेले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा बोल्दै गैंडाकोट नगरपालिका उप प्रमुख विष्णुकुमारी कंडेलले गैंडाकोट नगरपालिकाले नै आयोजना गर्नुपर्ने कार्यक्रम गैंडाकोट जेसिजले आयोजना गरेकोमा खुसी व्यक्त गर्दै ऐन सम्बन्धी सबै जानकार हुनुपर्ने बताउनुभयो । नगर न्यायिक समितिका संयोजक समेत रहनुभएकी उप प्रमुख कंडेलले सवै नागरिकलाई न्यायमा पँहुच पु¥याउन यस्ता कार्यक्रम फलदायी हुने बताउनुभयो ।


कार्यक्रममा गैंडाकोट जेसीजका संस्थापक अध्यक्ष वद्री सापकोटा, नारायणगढ जेसीजका अध्यक्ष अर्जुन अधिकारी, उद्योग वाणिज्य संघ गैंडाकोटका दिपक सापकोटा, गैंडाकोट वडा नम्बर ४ का वडाध्यक्ष कृष्ण न्यौपाने, गैंडाकोट जेसीजका पुर्व अध्यक्षहरु गणेश पौडेल, परमेश आचार्य, गोविन्द कंडेल, अपाङ्ग संघ गैंडाकोटका अध्यक्ष कृष्ण सुवेदी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम गैंडाकोट जेसीजका अध्यक्ष गोकुल सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।


गैंडाकोट जेसीजले जेसीज सप्ताह–२०७५ साताव्यापी कार्यक्रमको आयोजना गरि मनाउँदै छ । कार्यक्रम अन्गर्त भोली भैंसाखोरीमा रहेको सहारा नेपालका असहाय बालबालिका एवं वृद्धवृद्धालाई १ दिन खाना खुवाउने कार्यक्रम रहेको गैंडाकोट जेसीजका महासचिव भानुभक्त रिमालले जानकारी दिनुभयो ।

 

Share.

Leave A Reply