उद्योगमन्त्री लिला गिरीद्धारा क्यान ईन्फोटेक मेलाको अवलोकन

0

बुटवल, ५ फागुन ।

कम्प्युटर एशोसीयशन महासंघ (क्यान) रुपन्देहीको आयोजनामा बुटवलमा जारी स्टार्टअप वाईटेक क्यान ईन्फोटेक सूचना प्रविधिसम्बन्धी प्रर्दशनीमा आईतबार प्रदेश नम्बर ५ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले अवलोकन गर्नुभएको छ । प्रर्दशनीको तेस्रो दिन मन्त्री लिला गिरी संगै प्रदेश सभा सदस्य दधिराम न्यौपाने(माधव शर्माले) समेत अवलोकन गर्नुभयो ।

क्यान ईन्फोटेक अवलोनक पश्चात मन्त्री गीरीले स्थायी प्रकृतिको प्रर्दशनी स्थलको आवश्यकता महसुस गरिएको बताउनुभयो । उहाले सोही अनुसार प्रदेश सरकारले नै अहिले बुटवल मण्डपमा स्थायी प्रकृतिको प्रर्दशनी स्थल बनाउने कार्य समेत अगाडी बढाएको बताउनुभयो । क्यान ईन्फोटेकको तेस्रो दिन भएको एक्पर्ट अन्तर विद्यालय लोक नृत्य प्रतियोगीत सम्पन्न भएको छ ।

सामुदायिक र संस्थागत विद्यालयहरुको उल्लेखनिय सहभागीता रहेको प्रतिपष्र्धाबाट प्यारामाउन्ट ईंगलीस बोर्डींग स्कुल प्रथम भएको छ । यस्तै द्धितियमा तिनाउ ईंलीस बोर्डींग स्कुल भएको छ । यस्तै तृतिय स्थानमा स्कलर्स होम बोर्डींग स्कुल भएको छ, यस्तै सान्तव्ना स्थानमा न्यु होराईजन ईंगलिस बोर्डींग स्कुलले हात पारेको छ ।

इन्फोटेकमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन, मोबाइल एसेसरिज, डिलर र डिस्ट्रिब्यूर्टस, टेलिकम्युनिकेसन, आइएसपी, सफ्टवेयर सोलुसन्स का साथै नेपाली वैज्ञानिक तथा विद्यार्थीहरुले निर्माण गरेका नयाँ प्रविधि लगायतका एक सय बढी स्टल रहेका छन् ।

Share.

Leave A Reply