उद्यमशिलताका लागि उत्प्रेरणात्मक युवा सम्मेलन

0

प्रेम क्षेत्री
गैंडाकोट, फागुन २२ । गैंडाकोट जेसीजले युवाहरुलाई लक्षित गर्दै युवा सम्मेलनको आयोजना गरेको छ । गैंडाकोट नगरपालिकाको सहयोगमा भोली “उद्यमशिलताका लागी युवा सम्मेलन–२०७५” हुने आज पत्रकार सम्मेलन गरि गैंडाकोट जेसीजका अध्यक्ष भानु रिमालले जानकारी दिनुभयो ।
मौलाकालिका पार्टी प्यालेस गैंडाकोट २ मा हुन लागेको सम्मेलनको तयारी पुरा भएको जनाउँदै सम्मेलनमा प्रमुख वक्ताका रुपमा प्रतिनिधीसभा सदस्य एवं उद्योगपति विनोद चौधरी, राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा.स्वर्णीम वाग्ले, नेपाल टेलिभिजनका पुर्व कार्यकारी निर्देशक तथा नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष महेश दाहाल आउने उहाँले जानकारी दिनुभयो ।
मौलाकालिका पार्टी प्यालेस गैंडाकोट २ मा बिहिबार बिहान १० बजेदेखी हुन लागेको सम्मेलनमा नवलपुर र चितवनका गरि करिब ५ सय युवाको सहभागिता रहने अपेक्षा गरिएको छ । १८ बर्षदेखि ४० बर्ष सम्मको लागि लक्षित गरि सञ्चालन गरिएको सम्मेलनमा जुनसुकै उमेर समुहका र केहि सिक्न चाहानेहरुले सहभागिता जनाउन सक्ने र कार्यक्रमको लागि निःशुल्क रुपमा भाग लिन पाउने गैंडाकोट जेसिज बर्ष २०१९ का अध्यक्ष जेसि भानु रिमालले जानकारि दिनुभयो । युवा जनशक्ती विदेश पलायन भईरहेको अवस्थामा दक्ष युवाशक्तीलाई स्वदेशमा बस्ने वातावरण सिर्जना गरि स्वरोजगार बनाउने उद्देश्यले उत्प्रेरणात्मक युवा सम्मेलनको आयोजना गरिएको हो । समाज र युवाहरुका लागि केहि कर्ने अठोटका साथ स्थापना भएको जेसिज अहिले गैंडाकोट जेसिजमा ८१ जना सदस्य रहेका छन् ।
सम्मलेन मार्फत केहि सिक्न चाहनेहरुलाई नगरपालिकासँग सहकार्य गरि सिटिईभिटि मार्फत सिपमुलक तालिम दिलाउने गैंडाकोट जेसिजका पुर्व अध्यक्ष परमेश आचार्यले बताउनुभयो । यसअघि पनि यस्ता कार्यक्रम गरिरहेको गैंडाकोट जेसिजका पुर्व अध्यक्ष रमेश काफ्लेले बताउनुभयो ।
कार्यक्रममा जेसीजका केन्द्रीय उपाध्यक्ष एवं गैंडाकोट जेसीजका निवर्तमान अध्यक्ष गोकुल सापकोटा, कार्यकारी उपाध्यक्ष शुसिल काफ्ले, कानुनी सल्लाहकार रामप्रसाद भुषाल, महासचिव दया सापकोटा, पुर्व अध्यक्ष गोविन्द कंडेल, गणेश शर्मा पौडेल लगायतको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply