उत्पादन क्षेत्रमा जोड दिने प्रतिवद्धता सहित गैडाकोट ११ को भेला सम्पन्न

0

 

पवित्रा पराजुली

३२ जेठ, गैडाकोट । गैंडाकोट नगरपालीका वडा नम्बर ११ ले आर्थिक बर्ष २०७५÷०७६ को प्रगति समिक्षा तथा आगामी आर्थिक बर्ष २०७६÷०७७ मा सञ्चालन गरिने वडा स्तरीय योजना तर्जुमा कार्यक्रम सम्पन गरेको छ । उत्पादन क्षेत्रमा बिशेष जोड दिदै गैडाकोट ११ ले आर्थिक बर्ष २०७६÷०७७ को वडा स्तरीय योजना तर्जुमा कार्यक्रम सम्पन गरेको हो । कार्यक्रममा बोल्दै गैडाकोट नगरपालीकाका नगरप्रमुख छत्रराज पौडेलले उत्पादन बिना नगरको विकास सम्भव नरहेको बताउदै उत्पादनको क्षेत्रमा बिशेष जोड दिनुपर्ने बताउनुभयो । साथै उहाँले कृषि विकासको लागी नगरपालीकाले सक्ने सहयोग गर्ने पनि बताउनुभयो ।

वडा भेलामा बिभिन्न टोल सुधारका प्रतिनिधीले वडा बिकासको योजना तथा समस्या प्रस्तुत गरेका थिए । कुमारवर्ती टोल विकास सस्थाकी सचिव दुर्गा धितालले महिला तथा बालबालीकाको लागी सिप बिकास तथा क्षमता विकासको कार्यक्रममा जोड दिनुपर्ने बताउनुभयो ।
त्यस्तै नागेश्वर टोल विकास सस्थाका अध्यक्ष तारानाथ सुवेदीले गैंडाकोट ११ को आवश्यकता नै कृषि बिकास रहेको बताउनुभयो । यसको लागी नगरपालीकाले उचित मल बिउको व्यवस्था गरिदिनुपर्ने उहाँको माग छ ।

वडा भेलामा आफनो योजना प्रस्तुत गदै भेडावारी सामुदायीक वनका अध्यक्ष गुरुप्रसाद पौडेलले सबै योजनाका लागी बजेट छुटाउनुभन्दा पनि कुनै एउटा क्षेत्रको बिकास हुनेगरि बजेट बिनीयोजन गर्नसके वडाको बिकासले छिटो लिने बताउनुभयो ।

स्थानीयको मागलाई सम्बोधन गदै गैडाकोट नगरपालीका वडा नम्बर ११ का वडा अध्यक्ष गोविन्दप्रसाद सुवेदीले बजेटले भ्याय सम्म स्थानीएको माग सम्बोधन हुनेगरि काम गर्ने बताउनुभयो । साथै उहाँले गैडाकोट ११ को समृद्धिको आधार नै कृषि भएकाले कृषि क्षेत्रमा बिशेष जोड दिने बताउनुभयो ।

कार्यक्रममा ९ वडा टोल सुधारका प्रतिनिधीले आफनो माग प्रस्तुत गरेका थिए। मुकुन्दसेन खानेपानीको सभाहलमा भएको वडा भेलामा वडा सदस्य रमा आर्चायले स्वागत मन्तव्य राख्नुभएको थियो ।

Share.

Leave A Reply