उत्तर कोरियामा कुनैपनि बेला युद्धको अवस्था आउने चीनको चेतावनी

0

चीन २ वैशाख ।

चीनले उत्तर कोरियाको विषयमा तनाव बढ्दै गएको र त्यहाँ कुनै पनि बेला युद्धको अवस्था आउन सक्ने चेतावनी दिएको छ ।बढ्दै गएको तनावले यद्धको रुप लिने र त्यसबाट कसैको जित नहुने चीनका विदेश मन्त्री वांग यीले बताउनुभएको छ । उत्तर कोरियाको परमाणु कार्यक्रमलाई लिएर अमेरिकाले चासो र चिन्ता व्यक्त गरिरहेका बेला चीनको यस्तो भनाई आएको हो ।

चीन उत्तर कोरियाको नजिकको सहयोगीको रुपमा मानिदै आएको छ । उत्तर कोरियाका विषयमा बढ्दै गएको तनावका कारण हुने युद्धले गर्दा आफ्नो सीमा क्षेत्रमा समस्या आउन सक्ने भन्दै चीनले चिन्ता जनाएको छ ।

चीनका विदेश मन्त्री वांगले जुनसुकै प्रकारबाट एक अर्कालाई भड्काउने तथा धम्काउने क्रियाकलापबाट बचि भयावह अवस्था सिर्जना हुन नदिन सबै पक्षसँग आग्रह गर्नुभयो । अमेरिकाले कोरियाली प्रायद्विपमा आफ्नो एक नौसैनिक युद्धपोत तैनाथ गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली समस्याको समाधान खोजिने बताएपछि चीन थप चिन्तामा परेको हो ।
– एजेन्सी

Share.

Leave A Reply