उच्च रक्तचाप नियन्त्रणगर्ने घरेलु उपायहरु

0

देबराज रेग्मी (चितवन, नेपाल )

वर्तमान अबस्थामा बिश्वभरि देखिएका  रोगहरुको प्रकृति हेर्ने हो भने   पहिलेको भन्दा फरक देखिन थालेको छ । पहिले समस्यामा रहेका सरुवारोगहरूको समाधान त हुदै गए तरपनि बिश्वमा आज दीर्घरोगहरुको प्रकोप  धेरै देखिन थालेको छ ।

अहिले देखिएका  रोगहरुको शुष्म अध्यन गर्दा मुटुजन्य रोगको प्रकोप निकै बढेको देखिन्छ । बिकशित मुलुकहरुमा त  झन् यसको प्रकोप बिकराल रुपमा देखिन थालेको छ । त्यसकारण,  विभिन्न जनचेतना फैलाउने उदेश्यले  बिश्व स्वास्थ्य संगठन लगायत अन्य संग संस्थाहरुले मे १७ मा    बिश्व  उच्चरक्तचाप दिवस मनाउदै आएका छन् ।

आज हामीले   उच्च रक्तचाप कम गर्ने केहि घरेलु उपायहरुको बारेमा जानकारी दिदै छौ ।


उच्चरक्तचाप कम गर्ने केहि खानेकुराहरु
१. कम चिल्लो भएको खानाको सेबनस्  कम चिल्लो भएको खाना खाने गर्नाले   हाम्रो  रक्तचाप कम हुन सक्दछ ।  यसको अर्थ यो हो कि हामीले कोलेस्ट्रोल कम अथवा  संतृप्त (सेचुरेटेड) फैट भएको खाना खानु पर्दछ । हामीले कम चिल्लो भएको खानेकुरा खाने बानि गर्नु भनेको  उच्च रक्तचापको समस्या हुने जोखिम  कम गर्नु हो । स्वस्थ मुटुको लागि  हामीले मसलाको सेबन पनि कम गर्नु पर्दछ ।
२. नुनको सेबन कम गर्ने ः एउटा सानो प्रयास नै हाम्रो   रक्तचाप  कम गर्ने अचुक उपाय हुन सक्छ । नुनमा हुने सोडियम उच्च रक्तचापको  प्राकृतिक शत्रु हो । त्यसकारण, नुनको मात्रा हामीले सकेसम्म कम गर्नु पर्दछ । हामीले दिनमा  ३   ग्राम भन्दा कम नुन खानुनै उत्तम हुन्छ । यो  तथ्यलाई  बेलायत सरकारले अबलम्बन गरेर  सोडियम कम भएको नुन प्रयोगमा ल्यायको छ जसबाट  २५ प्रतिशत मुटुजन्य रोगहरु नियन्त्रण भएको दाबी पनि गरेको छ  ।

Share.

Leave A Reply