इमान्दारिताको दाल भात तरकारी खाएर नेपालमा केही गर्न सकिन्छ – हरिवंंश आचार्य

0

गैँडाकोट, २९ चैत । चलचित्र दाल भात तरकारी बैशाख २० गतेबाट देशब्यापी प्रदर्शनमा आउने भएको छ । कलाकार किरण केसी निर्माण रहेको चलचित्रमा सुदन केसीको निर्देशन रहेको छ । चलचित्रमा कलाकार हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, किरण केसी, शिवहरी पौडेल, आँचल शर्मा लगायतको अभिनय रहेको छ । चलचित्रका मुख्य पात्र हरिवंश आचार्यले इमान्दारिताको दालभात तरकारी खाएर नेपालमा नै केही गर्न सकिन्छ भन्ने सन्देश चलचित्रले बोकेको बताउनुभएको छ ।


नवलपुरको गैँडाकोटमा रहेको नारायणी रिसोर्टमा आयोजित पत्रकार सम्मेलनमा कलाकारहरुले अधिकांश समय चितवनवासीलाई चलचित्र हेरिदिन आग्रह गरेका थिए ।


तस्वीर ः संयोग रेग्मी

Share.

Leave A Reply