इमर्जिङ टिम्स एसिया कप – नेपालले लियो पाँच विकेट

0

गैँडाकोट, १५ चैत । इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा बंगलादेशविरुद्ध नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ । कक्सबजारमा घरेलु टिम बंगालादेशले ब्याटिङ थालेको छ । नेपालले शानदार प्रदशृन सुरु गरेको छ । ताजा अवस्थामा बंगलादेशले २६ ओभरको क्षतिमा ५ .विकेट गुमाएर. ११५ .रन बनाएर खेलिरहेको छ ।

सोमबार भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भयो ।
एसियाली क्रिकेट परिषद एसिसीको आयोजनामा भइरहेको प्रतियोगितामा चार एसोसिएट राष्ट्र नेपालसँगै अफगानिस्तान, मलेसिया र हङकङ तथा टेष्ट मान्यताप्राप्त राष्ट्र पाकिस्तान, भारत, बंगलादेश र श्रीलंकाका २३ वर्षमुनिका खेलाडीको सहभागिता छ ।
नियमित कप्तान पारस खड्का यस प्रतियोगितामा अनुपस्थित छन् । प्रमुख तीन बलर शक्ति गौचन, सोमपाल कामी र बसन्त रेग्मी पनि टिममा छैनन् । नेपाल रहेको समूह ‘ए’ मा पाकिस्तान, बंगलादेश र हङकङ तथा समूह ‘बी’ मा भारत, श्रीलंका, मलेसिया र हङकङ छन् ।

Share.

Leave A Reply