इतिहासमै पहिलो पटक निर्वाचन, पौडेलको रिमाललाई सर्मथन, असार ५ गते मतदान

0

प्रेम क्षेत्री,

असार ४ गैंडाकोट । गैंडाकोट पम्पि∙ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ नेतृत्वका लागि अध्यक्ष पदका प्रत्यासी केशवराज शर्मा पौडेल पछि हट्नुभएको छ ।

मतदानको अघिल्लो दिन पार्टिमा र पारिवारिक सल्लाहपछि अध्यक्ष पदका अर्का प्रत्यासी लोकतान्त्रिक समूहका शोभाखर रिमाललाई समर्थन गर्दै अध्यक्ष पद्को उम्मेदावरी छाडेको उहाँले बताउनुभयो । उहाँले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै शोभाखर रिमाललाई समर्थन गरेको उल्लेख गर्नुभएको छ । उपभोक्ताको हित र आफुले जारी गरेको प्रतिवद्धतालाई पालना गर्ने गरि समर्थन गरेको उल्लेख गर्नुभएको छ । क्षमता र कार्यप्रगतिका आधारमा व्यक्ति चयन गर्न गरिएको आग्रहलाई अस्वीकार गरेपछि असन्तुष्टि देखिएका पौडेलले स्वतन्त्रसहितको अध्यक्षमा उम्मेदवारी दिनुभएको थियो ।
अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको थियो । जसमा शोभाखर रिमाल, बलराम चालिसे र केशवराज शर्मा रहनुभएको थियो । शोभाखर रिमाल नेपाली काँग्रेस प्यानलबाट र बलराम चालिसे नेकपाको प्यानलबाट अध्यक्षमा उम्मेदवारी दिनुभएको छ ।
काँग्रेस प्यानलको अन्य पदहरुमा उपाध्यक्षमा तारा शर्मा, सचिवमा डिल्लीराज घिमिरे, कोषाध्यक्षमा रोशन सापकोटा र सहसचिवमा खडानन्द उपाध्यय (श्याम) ले उम्मेदवारी दिनुभएको छ ।
त्यस्तै नेकपा प्यानलबाट उपाध्यक्षमा भूमा थापा पुन मगर, सचिवमा श्रीहरी चालिसे, कोषाध्यक्षमा कृष्ण पौडेल, सहसचिवमा श्रीराम सुवेदीले उम्मेदवारी दिनुभएको छ ।
महिला सदस्य ३ जना आवश्यक रहेकोमा दुवै प्यानलबाट गरि ६ जनाको उम्मेदवारी परेको छ । खुल्ला सदस्य ५ जना आवश्यक रहेकोमा १० जनाको उम्मेदवारी परेको छ । सहमतिका लागि राजनीति कुरा नमिलेपछि अन्ततः खानेपानी संस्थाको इतिहासमै पहिलो पटक निर्वाचन हुने भएको हो ।
यसअघि सहमति समितिलाई जेठ ३२ सम्मको समय दिइएको थियो । सहमति नजुटेपछि निर्वाचन प्रक्रिया सुरु भएको हो ।
असार ५ गते बिहान ८ बजेदेखि १ बजेसम्म मतदान हुने उल्लेख छ ।
संस्थाले यसअघि क्षेत्रगतरुपमा उपभोक्ता प्रतिनिधि गठन गरिसकेको छ । ७ वटा क्लस्टरबाट चयन गरिएका २५९ जना प्रतिनिधिबाट नयाँ समिति चयन गरिने निर्वाचन समिति संयोजक जनकराज ढु∙ानाले जानकारी दिनुभयो ।

Share.

Leave A Reply