आश्वासनले चिसोमा बिचल्ली पार्दै

0

दलित तथा विपन्न परिवारका जनतालाई लक्षित गर्दै सरकारले जनता आवास कार्यक्रम अघि बढाएपनि यसको कार्यन्वयन सहीरुपमा हुन नसकेको भन्दै विभिन्न जिल्लाबाट गुनसो सहितका खबरहरु बाहिर सार्वजनिक भएको छ । कार्यक्रमको प्रभावकारी कार्यान्वयन नहुँदा यो चिसो मौसममा झन् बढी सास्ती बेहोर्नुपर्ने देखिन्छ । तराईमा केही दिन यताको शितलहरुले ९ जना भन्दा बढीको ज्यानै समेत गइसकेको छ । बास नहुँदा पनि मानिसले चिसो मौममा ज्यानै जानसक्ने संभावनाबाट गुज्रिनुपर्नेृ पनि हुन्छ । कतिपय स्थानमा मन्त्रालयले जिल्ला संयोजक तोक्न नसक्दा झन् कार्यक्रमले गति लिन सकेको छैन । सरकारले राम्रो घर बनाइदेला र बसौंला भन्ने आशामा रहेका दलित समुदाय तथा विपन्न परिवारका दर्जन परिवार चर्को पुसको जाडोमा विचल्लीमा परेका छन् ।
सरकारले राम्रो घर बनाइदेला र बसौंला भन्ने आशामा रहेका दलित समुदायका परिवार चर्को पुसको जाडोमा विचल्लीमा परेका छन् । सरकारले सुरक्षित घर बनाइदिने आश्वासन पाएका उनीहरुले घर भत्काउन राजी भए पनि भत्केको छ महिना कटिसक्दासम्म नयाँ घर नबनेपछि मंसिर पुसको शीतलहर र कठ्याङ्ग्रिदो चीसोमा खुला आकाशमुनि कहर काट्न बाध्य हुनुपरेको गुनासो पीडितहरुको छ । घर बनाइदिने भन्दै पहिले भएको झुप्रो पनि सबै भत्काइदिए । तर, यतिका दिनसम्म नयाँ घर पनि नबनाइदिएपछि जाडोमा मर्नु न बाँच्नुको अवस्था आएको पीडितहरुको भनाइछ । दिउँसो घाम लागेका बेला तापेर बसे पनि रात परेपछि खुल्ला आकाशमुनि बस्नुपर्दा शीत र चिसोले प्रत्येक घरका बालबालिका र बृद्धबृद्धामा बिरामीको संक्रमण बढ्न थालेको छ ।
नवलपरासी जिल्लामा पनि केही परिवारले आश्वासन पाए पनि समयमा घर नहुँदा विचल्ली खेप्नु पर्ने अवस्थाको सिर्जना भएको छ । जिल्लामा जनता आवास कार्यक्रम सहरी विकास मन्त्रालयले शहरी बिकास तथा भवन निर्माण बिभाग डिभिजन कार्यालय चितवनलाई हेर्ने जिम्मा दिएको छ । जिल्लामा ५ सय विपन्न परिवारले घर पाएका छन् तर कार्यालयले अहिलेसम्म दोश्रो किस्ता गरि १ लाख रुपिया मात्र निकासा गरेकाले घर अधुरो नै रहेको प्रतापपुर गाउँपालिका ७ का स्थानीयले गुनसो गर्ने गरेका छन् । विशेष गरि मुसहर र विभिन्न स्थानिय तहको दलित बस्तीहरुमा यो घर परेको छ जहाँका जनताहरु अहिले कडा चिसो सहन बाध्य भएका छन् यस तर्फ सम्बन्धित निकायको ध्यान पुग्न आवश्यक देखिन्छ ।

Share.

Leave A Reply