आलुको उत्पादनमा वृद्धि

0

नवलपरासी, २३ चैत । जिल्लामा यष बर्ष आलुको उत्पादनमा वृद्धि भएको छ । गतबर्ष बर्ष १६ हजार आठ सय ८० मेट्रिक टन आलु उत्पादन भएको जिल्लामा यस बर्ष १८ हजार १ सय ७२ मेट्रिक टन उत्पादन भएको जिल्ला कृषि विकास कार्यलय नवलपरासीका योजना अधिकृत श्रीकान्त घिमिरेले जानकारी दिए । आलुको समयमा जिल्लामा मौसम अनुकुल भएको र रोग किरा नलागेका कारणा यो बर्ष गत बर्षभन्दा १ अजार २ सय ९२ मेट्रिक टन आलु उत्पादनमा बृद्धि भएको योजना अधिकृत शर्माले बताए ।

नवलपरासीमा उत्पादकहरुले १५ देखी १८ रुपैँया किलो सम्म आलुको बिक्रि गरेका छन् भने बजारमा आलुको प्रतिकिलो २० देखि २५ रुपैँया रहेको जनाइएको छ । नवलपरासीका गैँडाकोट कावासोती , जुगेपानी , देउराली , नारायणी कुस्मा , जहदा अम्रौट, बन्जरीया लगाएतका ठाउँमा आखुखेती गरीने जिल्ला कृर्षि विकाश कार्यालयले जनाएको छ । नवलपरासीमा जिल्ला कृर्षि विकास कार्यालयको सिफारीसमा टिपियस, कार्डिनल कुफ्री ज्योति कुफ्री सिन्धुरी डेजिरे जनकदेव, खुमल सेतो , खुमल रातो कुफ्री बाहार लगाएतका जातका आलुको खेती गरीन्छ ।

Share.

Leave A Reply