आरुषी मिडियाको समुद्घाटन कार्यक्रममा मौलाकालिका मन्दिरलाइ डस्ट्बिन वितरण

0

संयोग रेग्मी
गैंडाकोट ,पौष २२
आरुषी मिडिया एण्ड इन्टरटेनमेन्ट प्रा .लि चितवनको समुद्घाटन कार्यक्रम गैंडाकोटको मौलाकालिका मन्दिरमा सम्पन्न भएको छ ।
गैंडाकोटको मौलाकालिका मन्दिरमा डस्ट्बिन वितरण गरि सो कार्यक्रम सम्पन्न भएको हो । मिडियाले मन्दिरलाइ १२ ओटा डस्टविन वितरण गरेको हो ।


कार्यक्रममा आरुषी मिडियाका अध्यक्ष सन्तोष बस्ताकोटी र प्रमुख अतिथिमा रहनुभएका धार्मिक सेवा समिति मौलाकालिकाका अध्यक्ष शालिकराम सापकोटाले संयुक्त रुपमा पानसमा बत्ति बालेर सो कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै धार्मिक सेवा समिति मौलाकालिकाका अध्यक्ष सापकोटाले यस्तो राम्रो कार्य धार्मिक स्थलबाट गरेकोमा आभार व्यक्त गर्दै समाजमा घटेका र घट्ने गरेका सत्य तथ्य समाचारलाइ आधार लिई मात्र मिडिया अघि बढ्न सुझाब दिनुभयो ।

मन्तब्यमा बोल्दै मिडियाका अध्यक्ष बास्ताकोटिले युवा वर्गलाइ समाजले हेर्ने दृष्टिकोणलाई बदल्न युवाहरुकै साथ र हौसलालाइ आधार लिइ एउटा फरक पहिचान गराउने सोचका साथ मिडियाको थालनी भएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै होलिडे क्रिएसन भरतपुरकि प्रबन्ध निर्देशन लक्ष्मी पन्तले मिडियालाई समाज रुपान्तरणको बाहक बन्न शुभकामना दिनुभएको थियो। कार्यक्रममा धार्मिक सेवा समितिका उपाध्यक्ष काशीनाथ कंडेल ,सह कोसाध्यक्ष प्रेम कुमाल,सदस्यहरु भुमिस्वर पौडेल र धना पौडेल साथै मिडियाका पदाधिकारी तथा सदस्य लगायतको उपस्थित रहेको थियो ।

आरुषी मिडियाका सदस्य अजय पौडेलले सहजीकरण गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सदस्य बिदुर कुइकेलले राख्नुभएको थियो ।

Share.

Leave A Reply