आयुर्वेद औषधालयमा औषधीको अभाव

0


विजय खबर
गैँडाकोट । गैँडाकोट ८ मा रहेको गैँडाकोट आयुर्वेद औषधालयमा अहिले सेवा लिन जानेहरुको कमि हुदै गएको छ । औषधालयबाट औषधि निशुल्क रुपमा पाईन्छ तर पनि स्थानीयहरु को आकर्षण घट्दै गएको छ । गैडाकोट ८ की इन्द्र चालिसे आफनो घर नजिकै रहेको गैँडाकोट औषधालयमा जाने गर्नुहुन्न गए पनि आफुले औषधालयको औषधि प्रति विश्वास नलाग्ने बताउनु हुन्छ । पहिले राम्रा औषधी पाइने र अहिले प्रयाप्त मात्रामा औषधी नपाइने भएकाले पनि उहाँको औषधालय प्रति आकर्षण घटेको छ । यस्तै सुरु सुरुमा राम्रो औषधि वितरण गरेपनि अहिले भने औषधि राम्रो नभएको गुनासो गैँडाकोटकै गीता सापकोटाको पनि रहेको छ । आयुर्वेद औषधिले मानिसको स्वास्थयलाई राम्रो गर्छ भन्ने त थाहा छ तर औषधीको अभावका भएकाले चन्दन सापकोटालाई पनि औषधालय त्यति जान मन लाग्दैन ।

 

गैडाकोट ८ का गैँरीशंकर आचार्य र रविलाल भने घर नजिकै रहेको गैडाकोट औषधालयमा कहिले काहि औषधि लिन जाने गर्नुहुन्छ । दुवैलाई आयुर्वेदीक औषधि प्रति पूर्ण विश्वास रहेकोले आयुर्वेदिक औषधी लिने गरेको बताउनुहुन्छ । यता गैँडाकोट आयुर्वेद औषधालयका प्रमुख कृष्णप्रसाद शर्माले भने आयुर्वेदीक औषधीको अभाव भएको तर त्यसको परिपूर्तिका लागि अब पक्रिया सुरु हुने बताउनुभएको छ । गैँडाकोट नगरपालिकाको आर्थिक वर्ष २०७४÷७५ को बजेटमा केही बजेट छुट्ीएको शर्माले बताउनुभयो । शर्माका अनुसार अब केही दिनमै औषधी किन्नका लागि प्रक्रिया सुरु हुने बताउनुभएको छ । औषधि एकै प्रकारको र निश्चित भएकाले पनि स्थानीयको आकर्षण घटेको स्थानीयको भनाई छ नी भन्ने प्रश्नमा शर्माले आयुर्वेदीक औषधीको आकार एकै खालको देखिने भएकाले त्यस्तो महशुस भएको बताउनुभयो । गुगुल आइटमहरु एकै आकारको हुन्छ सर्वसाधारणले चिन्न पनि गाह्रो हुने भएकोले उहाँहरुलाई त्यस्तो लागेको शर्माको भनाई छ । अहिले औषधी सकिएको छ । करिब दुई महिना अघिबाट औषधी अभाव भएको हो ।

 

अहिले वाथरोगका औषधीहरु, योगराज गुगल, ज्वरोको औषधी , पेटसम्बन्धी औषधी केही रहेको शर्माले बताउनुभयो । गैँडाकोट आयुर्वेद औषधालयमा बाथरोगसम्बन्धी, उदररोग, अम्लपित्त, श्वासप्रश्वाससंग सम्बन्धित रोग, कामला, टाउको दुखेमा निशुल्क रुपमा चेकजाँच र निशुल्क औषधि दिइने शर्माले बताउनुभयो ।

Share.

Leave A Reply