आमाहरु कम्प्युटर सिक्दै

0

प्रेम क्षेत्री
जेठ ६, गैंडाकोट । वर्तमान युग विज्ञान र प्रविधिको युग भएको बताउँदै गैंडाकोटका ईच्छुक आमाहरुले कम्प्युटर कक्षा शुरु गरेका छन् ।
गैंडाकोट २ मा रहेको अक्सफोर्ड कलेज अफ ईन्जिनियरिङ एण्ड म्यानेजमेन्टको कम्प्युटर ल्याबमा बसेर नै उनिहरुले कम्प्युटर सिकिरहेका छन् । यस कार्यमा अक्सफोर्ड कलेजका शिक्षकहरुले नै सहजिकरण गरेका छन् ।


कक्षामा उपस्थित गैंडाकोट ५ की विकास महिला समूहकी सदस्य कविता तिवारीले जे काम पनि कम्प्युटरमाफर्त हुन थालेको र सामाजिक सञ्जालको प्रयोग वढिरहेको अवस्थामा यसबारे ज्ञान लिन उपस्थित भएको बताउनुभयो ।
कलेजका प्रिन्सीपल ई. प्रो. हरि भण्डारीले “समय सापेक्ष शिक्षा आजको आवश्यकता, आमाहरुमा सुचना प्रविधिको सहि पहुँच हाम्रो प्रयास” भन्ने अभिप्रायका साथ सामाजिक उत्तरदायित्व अन्र्तगत यस खालको कार्यक्रम आयोजना गरिएको बताउनुभयो । कम्प्युटरमा आफुलाई लागेका जिज्ञाशाहरु खोज्ने तरिका, कम्प्युटरबाट चिठ्ठी आदानप्रदान गर्ने तरिका, कम्प्युटरबाट देश विदेशमा भएका आफन्तहरुसँग कुराकानी गर्ने तरिका लगायतका विषयमा सिकाईने भण्डारीले जानकारी दिनुभयो । यसले भोलीका दिनमा समूहको लेखा राख्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।


अक्सफोर्ड कलेज अफ ईन्जिनियरिङ एण्ड म्यानेजमेन्टको आयोजना तथा गैंडाकोट नगरपालिकाको सहकार्यमा कम्प्युटर सम्बन्धी आधारभुत तालिम शुरु गरिएको हो ।
तालिमको उद्घाटन गर्दै गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले विश्व जगत विस्तारै विज्ञान र प्रविधितर्फ उन्मुख भईरहेको अवस्थामा कम्प्युटर शिक्षा आवश्यकता रहेको बताउनुभयो । साथै उहाँले गैंडाकोट नगरपालिकाले पनि प्रविधिलाई आत्मसाथ गर्दै अघि वढ्ने बताउनुभयो । अक्सफोर्डले अन्तर्राष्ट्रिय जगतमा नै गैंडाकोटको चिनारी गराउन सफल भएको बताउँदै उहाँले कार्य सफलताको शुभकामना व्यक्त गर्नुभयो ।


कार्यक्रममा बोल्दै गैंडाकोट १ का वडाअध्यक्ष हरिप्रसाद सापकोटाले कम्प्युटर विना कुनैपनि कार्य असम्भव जस्तै भएकाले यो आवश्यक रहेको बताउनुभयो ।
तालिममा कम्प्युटरका विषयमा जानकारी दिनुका साथै कम्प्युटरमा कसरी टाईप गर्ने ? कम्प्युटरमा डकुमेन्ट तयार गर्ने र प्रिन्ट गर्ने तरिकाबारे सिकाईने कार्यक्रम संयोजक एवम् कलेजका वि.सि.ए. संयोजक सुरेश बरालले जानकारी दिनुभयो ।
कलेजका सहायक प्रिन्सीपल तिलकराम पन्थीले हाललाई ६ दिनको तालिम भनिएपनि सहभागीहरुको आवश्यकता अनुसार थप गरिने बताउनुभयो ।


करिब ५० जना सहभागि उक्त तालिममा कलेजका शिक्षकहरु ई. हरि भण्डारी, भिम भण्डारी, सुरेश बराल, दिपेन्द्र सिलवाल, दिनेश रानाले प्रशिक्षण दिनुहुनेछ । तालिममा प्रथम हुनेलाई १ थान कम्प्युटर, द्वितियलाई ठुलो स्पिकर र तृतियलाई सानो स्पिकर प्रदान गरिने बताईएको छ ।
कार्यक्रममा वडाअध्यक्षहरु कृष्णप्रसाद न्यौपाने, नवराज कंडेल, चोलानाथ उपाध्याय, डिलाराम रिजाल, प्रेमप्रसाद सापकोटा, देवीदत्त कंडेल, कलेजका अध्यक्ष नारायण भण्डारी लगायतको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply