आफ्नो कार्याकाल स्वर्णीम भएको अध्यक्ष गौतमको दाबी, संघ भित्रको आन्तरिक विवाद चरमउत्कर्षमा, पत्रकार सम्मेलनमै छताछुल्ल भयो विवाद

0


नारायणगढ २० पुस । उद्योग वाणिज्य संघ चितवनले आज कार्यसमिति २०७२ – ७४ को कार्याकल समिक्षा बैठक तथा धन्यवाद ज्ञापन कार्यक्रम गर्दै आफुहरुको कार्याकाल स्वर्णीमा कार्यकाल भनेको छ । चितवन उद्योगण बाणिज्य संघका अध्यक्ष राजन गौतमले आफ्नो कार्यकालमा भएका २५ भन्दा बढी उपलब्धीमूलक कामको फेहरिस्त सुनाउनुभएको थियो ।

आफ्नो कार्याकालमा राष्ट्रको कर प्रशासन संग गरिएका समन्वयात्मक भूमिकालाई गौतमले आफ्नो उपलब्धी बताउनुभयो । यसबीचमा चितवन महोत्सव २०७३ लाई आन्तरिक राजश्व कार्यालयमा दर्ता गरी राज्यलाई कर तिरेर उदाहरणीय काम गरेको, संघको परिसरमा सञ्चालित गेष्टहाउसलाई करको दायरामा लगेको हुँदा आन्तरिक राजश्व कार्यालयबाट सम्मानित भएका कामलाई गौतमले आफ्नो उपलब्धी बताउनुभएको थियो ।

गौतमले आफ्नो कार्याकाल स्वर्णीम बनेर बताउँदै गर्दा उद्योग वाणिज्य संघ चितवनले आज (विहीबार) आयोजना गरेको पत्रकार सम्मेलन विवादित बनेको छ । संघका अध्यक्ष राजन गौतमले आफ्नो कुरा राखेर उठेपछि संघका निवर्तमान अध्यक्ष कल्यण जोशीले संघको पत्रकार सम्मेलन नभई अध्यक्षको व्यक्तिगत पत्रकार सम्मेलन भएको आरोप लगाउनुभयो । जोशीले पूर्व अध्यक्षहरुलाई आरोप लगाउँदै अध्यक्ष एकोहोरो रुपमा प्रस्तुत भएर पूर्व अध्यक्षहरुलाई बोल्न नदिएकोमा आपत्ति जनाए । मंचबाट अध्यक्ष उठेपछि बोल्दै जोशीले भने–“यो अध्यक्षको मात्रै पत्रकार सम्मेलन हो, संघको आधिकारिक होइन्, हामीले बोल्न नपाउने ?” निवर्तमान अध्यक्ष जोशीले आफ्नो कुरा राख्न खोज्दा अध्यक्ष गौतम मंचबाट उठेर बाहिरिएका थिए । अध्यक्ष गौतमसंगै हलमा उपस्थित सबै उठेपछि संघका प्रथम उपाध्यक्ष चुननारायण श्रेष्ठ र सुमन श्रेष्ठले अध्यक्ष गौतमको कार्यशैलीको बिरोध गरेका थिए । संघले दुई वर्षे कार्यकालमा हासिल गरेको उपलब्धि र संघको विषयमा भएका नकरात्मक टिकाटिप्पणीको खण्ड गर्न भनेर पत्रकार सम्मेलन आयोजना गरेको थियो । तर अध्यक्षले दुई वर्षे कार्यप्रगति प्रस्तुत गरेलगत्तै पत्रकारले भन्दा संघमा आवद्ध व्यक्तिहरुले नै आरोपप्रत्यारोप गर्दै अध्यक्षमाथि प्रश्न तेर्साएका थिए ।

अध्यक्ष गौतमले पेश गरेका उपलब्धीहरु बुँदागत रुपमा यसरी प्रस्तुत गरिएको छ ।

१. व्यवसायीहरुको संघलाई हेर्ने दृष्टिकोणमा सकरात्मक परिवर्तन ल्याउँदै संघको सदस्यतामा वृद्धि ।
२.वस्तुगत संघलाई वृद्धि गरि ३० बनाउनु ।
३. संघले आयोजना गर्ने मेला महोत्सवबाट बाल उद्यान, मौत कुवा जस्ता कार्यक्रमबाट ठूलो राशीमा नेपाली मुद्रा विदेशिने प्रवृतिमा रोक लगाउनु ।
४. नेपाल उद्योग वाणिज्य संघबाट उत्कृष्ट उद्योग वाणिज्य संघको रुपमा पुरस्कृत हुनु ।
५.लामो समयसम्म अवैध रुपमा संघको परिसरमा संचालनमा रहेको चेम्बर गेष्ट हाउसलाई कर कार्यालयमा दर्ता गरि करको दायरमा ल्याई संघको गरिमा वृद्धि गराउनु ।
६. संघको समन्वत्माक भुमिकाका कारण पहिलो पटक आन्तरिक राजश्व कार्यालयबाट पुरस्कृत हुनु ।
७.संस्थाको लोगो अंकित पिन तयार गरि संस्थापक सचिवलाई सम्मान गरि अग्रहहरुलाई सम्मानको प्रक्रियालाई अगाडि बढाउनु ।
८.विभिन्न उद्योग वाणिज्य संघ तथा महासंघलगायत राष्ट्रिय, अन्तराष्ट्रिय कार्यक्रममा संघबाट प्रतिनिधित्व गर्दा समेत संस्थालाई कुनै पनि किसिमको व्यवभार नपारी व्यक्तिगत रुपमा खर्च गर्ने परम्पराको सुरुवात गरिनु ।
९.वर्तमान समितिको कार्यकालमा आफ्नो भवन बनाउने बस्तुगत संघलाई संघबाट मात्र नभई व्यक्तिगत रुपमा समेत सहयोग गर्नु ।
१०.क्षेत्रीय उद्योग वाणिज्य संघको रुपमा खैरहनी उद्योग वाणिज्य संघलाई नगर स्तरीय बनाउन महत्वपूर्ण भुमिका खेल्नुको साथै भवन निर्माणर्थ एक लाख नगद सहयोग गर्नु ।
११. विभिन्न शीर्षकमा छरिएर रहेका रकमलाई एकीकृत गरि संघको मातहतमा एकमुष्ट रुपमा एक करोड रुपैयाँ संचय गरि बैंकमा १२.५ प्रतिशत व्याजदरमा लगाई थप आयआर्जनको सिर्जना गर्नु ।
१२.माडी र मुग्लिङ उद्योग वाणिज्य संघहरुको विस्तार गर्दै सवलिकृत गर्नु ।
१३.वस्तुगत संघहरुको विस्तार गर्दै अटोल्याण्डको लागि जग्गा पहिचान गर्नु ।
१४.सबै दर्जा तथा स्तरका सचिवालयका कर्मचारीहरुलाई सम्मानजनक व्यवहार गर्दै संघप्रतिको समर्पणमा वृद्धि गराउँदै क्षमता अभिवृद्धि जोड दिनु ।
१५.संघबाट निर्णय गराई पहिलो पटक जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुको अध्ययन अवलोकन भ्रमणमा संचारकर्मीको समेत सहभागिता तथा प्रतिनिधित्व गराउनु ।
१६.देशमा सम्पन्न स्थानीयलगायत प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेद्वारहरुलाई संघमा उपस्थित गराई औद्योगिक विकासका लागि रायसंकलन गर्नुको साथै प्रतिवद्धता आह्वान ।
१७.भरतपुर बजार क्षेत्रमा रहेको ताजा तरकारी तथा फलफुलको जुन आवश्यकता थियो, सो समस्याको समाधान र व्यवस्थापन र स्थानान्तरण गरि व्यवसायीको संरक्षण र व्यवसाय विकासमा वृद्धि गरिनु ।
१८.नारायणगढ–मुग्लिन सडक खण्ड स्तरोन्नतीको सन्दर्भमा पुल्चोकलाई सुरु विन्दु मानी सडकको दायाँ बायाँ २५ मिटर बाटो छाड्नुपर्ने मापदण्डबाट करिव एक हजार व्यवसायी विस्थापित हुने संभावालाई अथक प्रयासबाट मंसिर १४ गतेको मन्त्रीपरिषद्को निर्णयबाट उक्त निर्णयलाई बदर गराउन सफल भएको ।
१९.औद्योगिक क्षेत्र घोषणादेखि चितवन उद्योग संघले निर्माण गर्दै गरेको चितवन प्रदर्शनी केन्द्रको निर्माणमा पहल गर्नुको साथै प्रदर्शनी केन्द्रका लागि ११ लाख ११ हजार रुपैयाँ सहयोग गर्नु ।
२०.साउन अन्तिम साता आएको बाढीबाट विस्थापित भएकाहरुका लागि २ लाखको राहत कोष खडा गरि विभिन्न ठाउँमा राहत वितरण गरिनु ।
२१.संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत रहेर एक व्यवसायी, एक विद्यार्थी कार्यक्रमका लागि दुई लाख ५० हजार रुपैयाँको राहत कोष स्थापना गर्न सफल ।
२२.उद्योग वाणिज्य संघको संयोजकत्वमा सम्पन्न भएको चितवन महोत्सव २०७३ बाट बचत हुन आएको रकमलाई संघको पहलमा संघको मातहतबाट संघकै संयोजनमा खर्च गर्ने गरि संघको लक्ष्य अनुरुप कार्यक्रम आयोजना गर्ने गरि संघको नाममा स्थानान्तरण गर्न सफल हुनु ।
२३.विभिन्न शुभ अवसरहरुमा सिमित रुपमा मनाईदै आईरहेको शुभकामना आदान–प्रदान कार्यक्रमलाई वृहत रुपमा लैजानु ।
२४.२०७४ साउन २ र ३ गते दुई दिवसीय स्क्रीन प्रिन्ट प्रदर्शनीको आयोजना गरि २० जना स्थानीय युवाहरुलाई तालिममा सहभागि गराउनु, र १५ जना युवा स्वरोजगार हुन सफल ।
२५.राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थालगायत नेपाल सरकारका विभिन्न निकायहरुसंग समन्वय गर्दै नेपाल सरकार वाणिज्य तथा आपुर्ती मन्त्रालय अन्तरगतको निकासी प्रवद्र्धन केन्द्रसंग चितवन जिल्लाको कृषि क्षेत्रलाई प्रवद्र्धन गर्ने तथा पिछडिएका वर्गहरुलाई शिपमुलक तालिम उपलब्ध गराई स्वरोजगारको ग्यारेण्टी गर्ने अभिप्रायले यसैवर्ष ५ वटा कार्यक्रम गर्नका लागि संघका प्रथम उपाध्यक्ष चुननारायण श्रेष्ठको नेतृत्वमा सम्झौता पत्रमा हस्ताक्षर गरिनु । साथै गतवर्ष सम्पन्न चितवन महोत्सवमा बचत रकम मध्ये स्थानीय आयोजक संस्थाहरुलाई रकम बिनियोजन गरिएको छ ।

Share.

Leave A Reply