आफैले पालेको गोरुले हानेर गैँडाकोटका दीवाकर पौडेलको निधन

0


गैँडाकोट, ३० जेठ । गैँडाकोट ८ निवाशी दिवाकर पौडेलको बुधबार गोरुले हानेर निधन भएको छ । बुधबार दिउँसो गोरुले मरणासन्न हुने गरी हाने पछि पौडेल र उहाँकै गाइ फार्मका गोठालो दिनेश पाण्डे दुबै जनालाई अस्पताल लगिएको थियो । पौडेलको उपचारका क्रममा चितवन मेडिकल कलेजमा ज्यान गएको हो । पाण्डेको भने उपचार जारी रहेको बताइएको छ । पौडेलको पोष्टमार्टम भरतपुर अस्पतालमा गरिएको छ ।

पौडेल २०३३ सालमा बाग्लुङबाट गैँडाकोट आइ कृषि कर्म सुरु गर्नुभएको थियो । जीवनमा किसान, शिक्षक, समाजसेवी, नयाँ शक्ति पार्टीमा रहेर गैँडाकोटको नेतृत्व र पछिल्लो समय विजय खबर पत्रिकामा स्तम्भकारको रुपमा आफ्नो परिचय बनाउनुभएको थियो ।

जीवनमा धेरै भूमिका निभाएपनि कृषि कर्मलाई भने निरन्तर अघि बढाउनुभएको थियो । पौडेल नयाँ शक्ति पार्टीको गैँडाकोट नगर अध्यक्ष हुनुहुन्थ्यो । गैँडाकोटमा पहिलो पटक जर्सी गाइको बाच्छी भित्राउनुभएको थियो । विजय एफ एम १०१.६ मा २०७४ साल पौष २९ गते अतिथि देवो भवमा कुराकानी गर्दै पौडेलले कषिकर्ममा आफूलाई गर्व लाग्ने बताउनुभएको थियो ।

२०७४ साल पौष २९ गते विजय एफ एमको कार्यक्रम अतिथि देवो भवमा दीवाकर पौडेलसंग गरिएको कुराकानी उहाँको सम्झनामा पस्तुत गर्यौँ ।

Share.

Leave A Reply