आदर्श टोल विकास संस्था गैँडाकोट १ अन्तर्गत आदर्श बाल क्लबको गठन

0

गैँडाकोट, १३ माघ । आदर्श टोल विकास संस्था गैँडाकोट १ नवलपुर अन्तर्गत आदर्श बाल क्लबको शनिबार गठन भएको छ । कृष्ण पौडेलको अध्यक्षतामा १५ सदस्यीय आदर्श बाल क्लबको गठन भएको हो । जसको उपाध्यक्षमा श्रेया पौडेल, सचिवमा सूर्य खनाल, कोषाध्यक्षमा निर्मल पौडेल, सहसचिवमा विश्वास पौडेल रहनुभएको छ । यसैगरी सदस्यहरुमा विज्ञान पौडेल, आविश्कार भट्राई, प्रशिष सापकोटा, अमत्र्य चालिसे, आशिष गिरी, मिराज पौडेल, इशान पौडेल, विदुर वाग्ले, आरम्भ पौडेल र उत्सव सापकोटा रहनुभएको छ । निर्वाचित बालक्लबका सदस्यहरुलाई आदर्श टोल विकास संस्थाका उपाध्यक्ष धर्मानन्द पौडेलले हार्दिक बधाई तथा शुभकामना दिनुभएको थियो । कार्यक्रमको सहजीकरण बाल संरक्षण समिति गैँडाकोट १ का सदस्य जगन्नाथ उपाध्यायले गर्नुभएको थियो ।

Share.

Leave A Reply