आदर्श आमा समूह गैंडाकोट १२ को अध्यक्षमा पुनः केसी चयन

0

प्रेम क्षेत्री, असोज ६ गैंडाकोट । आदर्श आमा समूह गैंडाकोट १२ को प्रथम अधिवेशन तथा साधारण सभा शनिबार गैंडाकोटमा सम्पन्न भएको छ ।
गैंडाकोट १२ हर्कपुर चन्द्रसेन चोकमा रहेको समूहको आफ्नै भवन प्राङ्गणमा भएको अधिवेशनले मिनाकुमारी केसीको अध्यक्षतामा ९ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ । समूहको उपाध्यक्षमा कमला भण्डारी, सचिवमा लक्ष्मी मल्ल ठकुरी, कोषाध्यक्षमा राधा शाही, सह सचिवमा पुष्पा ढकाल, सदस्यहरुमा ईन्दिरा अधिकारी, सुनीता सेन, जानकी चौधरी र देवका गौतम रहनुभएको छ ।

त्यस्तै लेखा समिति संयोजकमा जयन्ती हमाल सदस्यहरुमा कमला चन्द र लक्ष्मी शाही रहनुभएको छ । सल्लाहकार संयोजकमा लक्ष्मी रेग्मी सदस्यहरुमा धनकुमारी बस्नेत र कलावती हमाल बस्नेत रहनुभएको छ । त्यस्तै ऋण उप समिति संयोजकमा विष्णुदेवी पराजुली सदस्यहरुमा राधा महतो र लक्ष्मी बस्नेत रहनुभएको छ । त्यस्तै शिक्षा उप समिति संयोजकमा अनिता बस्नेत सदस्यहरुमा पशुपति महतो र केशरदेवी महतो चयन हुनुभएको सुर्योदय विद्या मन्दिरका प्रवन्ध निर्देशक बलबहादुर केसीले जानकारी दिनुभयो ।


यसअघि साधारण सभा संस्थाकी अध्यक्ष मिनाकुमारी केसीको अध्यक्षता एवं गैंडाकोट १२ का वडाध्यक्ष थिरबहादुर थनेतको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बोल्दै वडाध्यक्ष थनेतले आदर्श आमा समूहले वडाको विकासका लागी महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउँदै प्रशंसा गर्नुभएको थियो । उहाँले सस्ंथाको उन्नतीको लागी सक्दो सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा गैंडाकोट १२ का वडा सदस्य गोविन्द कोईराला, महिला स्वाबलम्बन सामाजिक उद्यमी सहकारी संस्था लिमिटेडका अध्यक्ष रेवती कंडेल, युग चेतना नारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रतिनिधी दुर्गा धिताल, संस्थाका सल्लाहकार कृष्ण रेग्मी, मनिलाल अधिकारी, क्याप्टेन विरबहादुर शाहीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण लक्ष्मि मल्ल हमालले गर्नुभएको थियो ।

Share.

Leave A Reply