आठ सय ५० भन्दा बढी कैदीलाई आम माफी दिने तयारी

0


काठमाडौँ, ८ जेठ । सरकारले आठ सय ५० भन्दा बढी कैदीलाई आम माफी दिने तयारी गरेको छ । आम माफीका लागि कारागार व्यवस्थापन विभागले पेश गरेको आठ सय ५० भन्दा बढी कैदीको सूचीलाई गृह मन्त्रालयले अन्तिम रुप दिने तयारी गरिरहेको छ । मन्त्रिपरिषद् बैठकले निर्णय गरी राष्ट्रपतिले स्वीकृत गरेपछि आम माफी कार्यान्वयनको प्रकृयामा जानेछ । सरकारले दशैं र गणतन्त्र दिवसको अवसर पारेर हरेक वर्ष कैदीलाई आम माफी दिने गरेको छ । ४० प्रतिशत सजाय काटेका र असल चालचलन भएका कैदीहरु मात्र यसको हकदार हुन्छन् । तर विभिन्न २३ कसुरमा भने आम माफी दिन नमिल्ने व्यवस्था छ । जिल्ला कारागार र जिल्ला प्रशासन प्रमुखले सिफारिस गरेपछि कारागार व्यवस्थापनले देशभरबाट आएका त्यस्ता सिफारिसमध्येबाट सुची तयार गर्छ र त्यसलाई गृहले अन्तिम रुप दिने गर्दछ ।

Share.

Leave A Reply