आठ महिने शिशुको बलात्कारपछि हत्या गर्ने फरार अभियुक्त पक्राउ

0

कार्तिक ३


करिब २ महिना अगाडी आफनै आमाको काखमा खेल्दै गर्दा ८ महिने शिशु सोनाली चौधरी हराएकी थिईन् । खोजतलासको क्रममा उनको शव झाडीमा फेला परेको थियो ।

किटानी जाहेरी दिएपनि प्रहरीले अपराधीलाई प्रक्राउ गर्न नसकेको भन्दै आरोप लागिरहेको बेला सोनालीको हत्या गरेर फरार रहेका महोत्तरीको भंगहा नगरपालिका–१ हत्तिसर्वाका २५ वर्षका भरत साह लाई प्रक्राउ गरेको छ ।

उनलाई सुनसरीको इनरवा भण्टाबारीबाट प्रहरीले पक्राउ गरेको हो । महोत्तरीको भंगहा प्रहरी चौकीमा केही महिना अघि इन्चार्जको रुपमा कार्यरत प्रहरी सहायक निरीक्षक अवधलाल साहको टोलीले पक्राउ गर्न सफल भएको जनाइएको छ ।
स्थानीय व्यवसायी सन्तोष चौधरीकी छोरी सोनाली गएको भदौ ९ गते साँझ खेल्दै गरेको बेला भरत साहले खेलाउन मागेर हिडेका थिए ।त्यसपछि सोनालीको बलात्कार गरी हत्या गरेर शवलाई आँप बगैंचामा फालेका थिए ।

शिशुलाई मागेर लगेको फुटेज व्यवसायी चौधरीको पसलमा जडान गरेको सीसीटीभी क्यामेरामा कैद भएको थियो । त्यहि फुटेजबाट हत्यारा साह रहेको पहिचान भएको थियो ।

Share.

Leave A Reply