आज हरिबोधनी एकादशी, तुलसीको विवाह गरिँदै, सिख्रौली र केउरेनीमा मेला

0


गैँडाकोट, ३ मंसिर । आज हरिबोधनी एकादशी, भगवान विष्णुको पूजा, आराधना, भजन कीर्तन र ब्रत बसी मनाइँदैछ ।
ब्रतालुले आज पिँडालु, सक्खरखण्ड, बदामलगायत जमिनमुनि फलेका खाने कुरा खाने गर्दछन् ।

 

असार शुक्ल एकादशीमा शीर समुद्रमा शयन गर्नुभएका भगवान विष्णु भाद्र शुक्ल एकादशीमा कोल्टो फेरि आजको दिन बिउँझन्छन् भन्ने धार्मिक जनविश्वास रहिआएको छ ।
आज गैँडाकोट नारायणीपुलमा तोरन टाँग्ने, देवघाटमा धार्मिक कार्यक्रम, मठमन्दिरहरुमा विशेष पूजा अर्चन, सिख्रौलामा एकादशी मेला, केउरेनीमा एकादशी मेला, पिठौली अनि चितवनका विभिन्न क्षेत्रहरुमा मेला लाग्ने गर्दछ ।
काठमाण्डुका इंचगु, विशंखु, शेषनारायण, चाँगुनारायण लगायतका विष्णु मन्दिरहरुको बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । आज बराह क्षेत्रमा विशेष मेला लाग्ने गरेको छ । हरिबोधनी एकादशीका दिन तुलसीको विवाह गर्ने चलन पनि छ ।
असार शुक्ल एकादशीमा रोपेको तुलसी रुपी लक्ष्मीको विवाह नारायणसँग भएकाले यस दिनलाई तुलसी विवाहका रुपमा पनि लिने गरिएको छ । आजका दिन तुलसीको मोठ सिँगारी फूलमाला लगाइदिएर विवाह गरिदिने चलन छ ।

Share.

Leave A Reply