आज सोमबार गैडाकोटमा १० देखि बेलुका ६ बजे सम्म विद्युत काटिने ।।

0

गैडाकोट ,भदौ २५ ।

हिेमा अर्याल

आज सोमबार गैडाकोट नगरपालिकाको १ नम्बर वार्ड देखि १० नम्बर बाड सम्म विद्युत काटिने भएको छ । विहान १० वजे देखि साझ ६ बजे सम्म विद्युत कटिने भएको हो । थुम्सीको जंगल ११ हजार भोल्टेज नजिकका पुराना पोलहरु फेर्ने काम र रुखका हाँगा काट्नु पर्ने भएकाले विद्युत सेवा अवरुद्ध गर्नु परेको गैडाकोट विद्युत प्राधिकरणका सुपरभाइजर सुजन रिजालले विजय एफएमलाई जानकारी दिनु भएको छ । साथै गैडाकोटका अन्य क्षेत्रहरुमा पनि रुखका हाँगा काटिने रिजालले जानकारी दिनु भएको छ । मौसमले साथ दिएमा आज दिनभरमा काम सकिने रिजालले बताउनु भएको छ । पानि परेर काम गर्न नसकिएमाज विद्युत नकाटिने अर्थात विद्युत सेवा प्रवाह गरिने पनि विद्युत प्राधिकरण गैडाकोट शाखाले जनाएको छ ।

Share.

Leave A Reply