आज पूर्वी र मध्य भेगमा बढी वर्षा हुने 

0


गैँडाकोट, १९ असार । केही दिनयताको निरन्तर झरी अझै जारी रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा नेपालतर्फ सरेकोले अझै दुईदिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी बर्षा हुनेछ । आज मूलुकको पूर्वी र मध्य भेगका तराई र पहाडी क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य ठाउँमा मध्यमस्तरको वर्षा भएपनि पूर्वी र मध्य भेगमा भारी वर्षा हुनसक्ने मौसमविद् बरुण पौडेलले बताउनुभयो । बुधबारदेखि अधिकांश भेगमा केही सुधार भएपनि सामान्य भरी भने पर्ने पौडेलले बताउनुभयो । यसैबीच, आज देशको पूर्वी र मध्य भागमा रहेका सबै खोलाहरुमा उच्च बाढी सर्तकता अपनाउन बाढी पूर्वानुमान शाखाले अनुरोध गरेको छ । पश्चिमी भुभागमा भने आज उच्च जोखिम हुने नदेखिएका शाखाको भनाइ छ । शाखाका अनुसार भोलिबाट देशका प्रमुख नदीहरुमा बहाब घट्ने पूर्वानुमान गरिएको छ । सिआइएन

Share.

Leave A Reply