आज नवलपरासीसहित तराईमा सार्वजनिक विदा

0

गैँडाकोट २३ साउन ।
तराई क्षेत्रका विभिन्न २० जिल्लामा रक्षाबन्धन पर्वका लागि सरकारले सार्वजनिक विदा दिएको छ । नवलपरासी, रुपन्देही, कपिलवस्तु सहित झापा, सुनसरी, सप्तरी, सिरहा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, वारा, पर्सा, बाँके, बर्दिया, कैलाली, दाङ, कञ्चनपुर र उदयपुरमा सरकारले सार्वजनीक विदा उल्लेख गरेको हो । तर यसबर्ष नागपञ्चमीकै दिन रक्षाबन्धन पर्व मनाईएका कारण आज दिईने विदाबारे अन्यौलता देखीएको छ । मन्त्रालयले हिजो सुचना जारी गरेर विदाको जानकारी दिएको हो । केही बिद्यालयहरुले रक्षाबन्धन मनाईसकिएको भन्दै पठनपाठन बन्द नहुने जनाएका छन् ।

Share.

Leave A Reply