आज दिउँसो अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान

0


गैँडाकोट, १३ श्रावण । जल विज्ञान तथा बाढी पूर्वानुमान शाखाले मुलुकका अधिकांश स्थानमा आज र भोलि मौसम बदली भई हल्कादेखि भारी वर्षा हुने जनाएको छ । मौसम विभागले आज पश्चिम तराईको जिल्लामा पूर्ण बदली भई भारी वर्षा हुने जनाएको छ भने पूर्वी र मध्य नेपालका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम खालको पानी पर्ने पूर्वानुमान गरेको छ । सीआइएनसँग कुराकानी गर्दै मौसमविद् समिर श्रेष्ठले आज दिउँसो देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको र रातमा मध्यम खालको पानी पर्ने सम्भावना रहेको बताउनुभयो । भोलि दिउँसो र रातको समयमा देशका केही स्थानमा हल्कादेखि मध्यम खालको पानी पर्नेछ । आज देशका प्रमुख नदीहरू कन्काई, कोसी, कमला, नारायणी, बबई, कर्णाली, महाकाली र यसका शाखा नदीहरूमा बहाव खतराभन्दा माथि जाने सम्भावना रहेकोले सतर्कता अपनाउन पनि उहाँले सुझाव दिनुभयो ।

Share.

Leave A Reply